बैतडीमा जन्ती बोकेको बस दुर्घटना : थप पाँचको मृत्यु, ज्यान गुमाउनेको संख्या १३ पुग्यो
काठमाण्डौँ । बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । दुर्घटनाका घाइतेमधये गएराति थप पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस हिजो बेलुकी पुर्चौडीको बडगाउँ मोडमा पल्टिएको थियो ।
दुर्घटनामा तत्कालै ८ जनाको जयान गएको थियो । राति थप पाँच जना घाइतेले ज्यान गुमाएका हुन् । मृतकमधये पाँच जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बाँकी सनाखत गर्ने प्रयास भैरहेको प्रहरीको भनाइ छ । दुर्घटनामा अझै ३५ जना घाइते छन् । तीमध्ये केहीको अवस्था अझै गम्भीर रहेका छन् । घाइतेहरूको स्थानीय अस्पताल, जिल्ला अस्पताल र डडेलधुरा र धनगढीमा उपचार भैरहेको छ ।
उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ । बस सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
आज देशभर मौसम सफा रहने
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश,...
सामाजिक सद्भाव कायम गर्न गृहको १० बुँदे निर्देशन
काठमाडौँ । धार्मिक तथा सामाजिक सद्भाव खलबलिन थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ । गैरकानुनी गतिविधिमा संलग्न जो–कोहीलाई तत्काल कानुनी दायरामा ल्याउन र कारबाही प्रक्रिया अघि बढाउन प...
कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा बादल, केही ठाउँमा वर्षा हुने
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ । महशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको पहाडी र तराई भूभाग...
पोखरा-दुबई नियमित उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबीच छलफल
कास्की । आगामी सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुन लागेको पोखरा दुबई हवाई उडान सेवालाई व्यवस्थित र दीर्घकालीन बनाउने विषयमा पर्यटन व्यवसायी तथा फ्लाइ दुबईका प्रतिनिधिहरूबीच पोखरामा महत्वपूर्ण संवाद भएको छ ।
पोखरा उ...
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचार(प्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल...
मंगलबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसकारण तराईका केही स्थानमा हुस्सु लागेको छ भने गण्डकी र कर्णालीका उच्च र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्य...



