उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो : कुलमान घिसिङ
काठमाडौँ । उज्यालो नेपाल पार्टी उनेपाका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलन पछि विकल्पको रुपमा आएको सबैभन्दा नयाँ पार्टी भनेको उनेपा भएको बताएका छन् । सोमबार उनेपाबाट काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवारको घोषणा पत्र सार्वजनिक कार्यक्रममा उनले जनताले विश्वास गरेको, माया गरेको पार्टी भनेको उज्यालो नेपाल पार्टी भएको भन्दै उनेपालाई नेपालको नयाँ विकल्पको रुपमा स्थापित गर्ने बताए ।
उनले भने, ‘जनताले विश्वास गरेको, माया गरेको पार्टी भनेको उज्यालो नेपाल पार्टी हो र जेनजी आन्दोलनपछि सबैभन्दा नयाँ पार्टी भनेको पनि हाम्रो पार्टी हो । पहिलो नयाँ पार्टी विकल्पको रुपमा स्थापना भएको पार्टी पनि यही हो । यो पार्टीले जेनजीको मागलाई पनि लिन्छ र नेपालको नयाँ विकल्पको रुपमा स्थापित हुन्छ ।’ यस्तै, उनले उज्यालो नेपाल पार्टी एउटा देशभित्र सम्पूर्ण नेपाली जनताले बुझ्न चाहेको र आबद्ध हुन चाहेको पार्टी भन्दै सबै नेपाली जनताले यो पार्टीलाई विश्वास गरेको बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ गर्ने सरकारको प्रयास तत्कालका लागि असफल भएको छ । सरकारले जारी गरेको पक्राउ पुर्जीविरुद्ध दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्या...
सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भारी मतान्तरसहित अगाडि बढिरहेका छन् । निर्वाचन आयोगको मतगणना प्रणालीमा प्रविष्ट परिणामअनुसार हालसम्म सर्लाही क्षेत्र...
भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित, बलियो शक्ति निर्माणको नयाँ यात्रा सुरु गरेको दाबी
काठमाडौँ । नेकपा एमाले त्यागेका भीमरावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । एमाले त्यागेर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका रावल आज औपचारिक रुपमा साँत बुँदे सहमति गर्दै प्रचण्ड नेतृत्वको नेपाली क...
दोहोरो भूमिकाबाट पछि हटे कांग्रेस, निवर्तमान सांसदहरू अव सर्वोच्च नजाने
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई भेटेर संसद् पुनः स्थापनाको रिट पेसीमा चढाउन आग्रह गर्ने नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले तयारी रोकिएको छ । उनीहरू आज बिहान १० बजे सर्वोच्च गएर पेसीको माग गर्ने योजनामा थिए ।
विघटित प्रत...
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
जनकपुर । मधेश प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेकोमा मुख्यमन्त्री यादव स्वयम अनुपस्थित रहेका थिए । प्रस्तावक स्वयम अनुपस्थित भएक...
आफूमाथि कुटपिट गर्नेविरुद्ध पूर्वसांसद गंगाले दिइन् प्रहरीमा उजुरी, माओवादीले कुटेको आरोप
दाङ । पूर्वसांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन् । बाटोसम्बन्धी विवादको क्रममा उनीमाथि उनकै गाउँले महिलाहरूले कुटपिट गरेका हुन् । राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा गंगाले एक महिलामाथि जाइलागेपछि अन्य महिलाल...



