राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्चीको पहिलो नगर अधिवेशन बहिष्कार : आन्तरिक लोकतन्त्र माथि प्रश्न
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो नगर अधिवेशन बहिष्कार भएको घटनाले पार्टीभित्रको आन्तरिक व्यवस्थापन र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको छ। नयाँ राजनीतिक संस्कार, पारदर्शिता र सुशासनको नारासहित उदाएको दलभित्र नै असन्तुष्टि चुलिँदै अधिवेशन बहिष्कारसम्मको अवस्था सिर्जना हुनु चिन्ताको विषय हो ।
राजनीतिक दलको शक्ति केवल जनसमर्थनमा मात्र सीमित हुँदैन । त्यसको संगठनात्मक संरचना, आन्तरिक लोकतन्त्र र नेतृत्व चयन प्रक्रियाले पनि दलको विश्वसनीयता निर्धारण गर्छ। अधिवेशन जस्तो महत्वपूर्ण संगठनात्मक कार्यक्रममा कार्यकर्ता र नेतृत्वबीच सहमति कायम हुन नसक्नुले संवादको कमी, व्यवस्थापनको कमजोरी वा प्रक्रियागत विवाद रहेको संकेत गर्दछ ।
बहिष्कारको निर्णय किन र कसरी आयो भन्ने विषयमा पार्टी नेतृत्वले स्पष्ट धारणा सार्वजनिक गर्न आवश्यक छ। असन्तुष्ट पक्षका गुनासा सुन्ने, निष्पक्ष छानबिन गर्ने र आवश्यक सुधारका कदम चाल्ने जिम्मेवारी पार्टी नेतृत्वकै हो। अन्यथा, यस्ता विवादले संगठनभित्र विभाजन बढाउने मात्र होइन, पार्टीप्रति आम नागरिकको विश्वाससमेत कमजोर बनाउन सक्छ ।
सिन्धुपाल्चोक क्षेत्र नं। २ राष्ट्रिय स्वतन्त्र पार्टी रासपा अभिभावक विहिन बन्दै गएको एक वडाका सभापतीले जानकारी दिए । हालै फागुन २१ गतेको निर्वाचमा रासपा उमेद्धवार अजय श्रेष्ठ पराजय र संस्थापक जिल्ला सभापती मायाँ गुरुङको पार्टी प्रतिको चलायमान विश्राम लिएको अवस्थामा दिन प्रतिदिन ओरालो लाग्दै हो । राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्चीको पहिलो नगर अधिवेशन बहिष्कार तर्फ किन गयो भन्ने बिषय एक गम्भिर बहशको बिषय बनेको छ । संस्थापक पक्षधरबाट गुटबन्धि र सिन्डिकेट लादिएको भन्दै सभापती उमेदवार महेश चालिशेले बहिस्कार गरेका हुन् ।
जिल्ला सचिव चक्रमणि सिग्देलद्धारा परिचयपत्र पूर्णताको लागि जालझेल गरिएको पाइएको छ ।नगर कमिटी निष्कृयको उपज हो । सदस्य र नगरकमिटिको परिचयपत्र नविकरणका लागि उपसभापति रन्जित थापाको सानिमा बैंक लि।को क्यूआर व्यक्तिगत खाता नं ०७७०११०६००००४३२ लेवीको लागि सामाजिक सञ्जालमा आवाह्यन गरिएको छ ।
राजनीतिक दलहरूले सदस्यता शुल्क, लेवी, चन्दा तथा अन्य वैधानिक स्रोतबाट आर्थिक व्यवस्थापन गर्ने प्रचलन नेपालमा सामान्य मानिन्छ। यसको आधार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र सम्बन्धित दलको विधान तथा नियमावलीमा रहेने ब्यावस्था छ । नगरकमिटिको खाता नं अथवा जिल्ला कमिटिको खाता नं। जम्मा गर्नु पर्ने व्यवस्था राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बिद्यानमा उल्लेख छ । आजको खुल्ला सत्रमा आर्थिक प्रतिवेदन आयव्यायको कुनै सुनुवाई भएको थिएन । कार्यसमितिको नामावली काठमाडौँको ट्राभल्स् चावाहिलमा बसेर योजना बनाइएको एक निर्वातिच कमिटिका सदस्यले जानकारी दिए । उनले भने सबै प्रकृया त, हामीले काठमाडौँमा नै बसेर तयार पारेका थियौ केबल प्रकृयाको लागि मात्र मेलम्ची बजारमा कार्यक्रम राखेका हौं उनले भने ।सबै कुरा त भन्न मिलेन महेश चालिसेलाई जसरी पनि बाईकट गर्ने योजना हाम्रो समूहको थियो उनले भने ।
सभापतीका उमेद्धवार महेश चालिसे प्रतिको हर्कत, व्यावहारले वडा नं ३, ७, ८, ९, १० र ११ का सबै वडा सभापती र सदस्यले बहिस्कार गरेका थिए । करिव ७३.२३ प्रतिशतले चुनावको बहिस्कार गरेका हुन् । कतिपयमा आक्रोश देखिन्थे त, कतिपय निराष थिए । यता निर्वाचन कमिटीका पदाधिकारी माथि गम्भिर प्रश्न उठेको छ । यति धेरै करिव ७३।२३ विवादका विचमा पनि निर्वाचन कमिटीले संस्थापक पक्षको कुरा सुनेर एक तर्फि निर्णय लिनु आफैमा आर्थ लुकेको छ । सभापतीका उमेद्धवार महेश चालिसेले बिवादित बिषयलाई किनारा लगाएर मात्र निर्वाचन प्रकृया सक्न भनेका थिए । चालिसेको कुनै कुरा सुनुवाइ नभएपछि उनले चुनाव बहिस्कार गरेर हिडेका थिए ।
रास्वपाले आफूलाई परम्परागत राजनीतिक दलहरूको विकल्पका रूपमा प्रस्तुत गर्दै आएको छ । त्यसैले उसले आफ्नै संगठनभित्र लोकतान्त्रिक मूल्य, विधि र पारदर्शिताको उच्च उदाहरण प्रस्तुत गर्नुपर्छ । आलोचना र असहमति लोकतन्त्रका स्वाभाविक पक्ष हुन्, तर तिनलाई सम्बोधन गर्ने क्षमता नै परिपक्व राजनीतिक संस्कृतिको परिचायक हो ।
मेलम्ची नगर अधिवेशन बहिष्कारको घटनाले रास्वपालाई आत्मसमीक्षा गर्ने अवसर प्रदान गरेको छ । पार्टीले यसलाई केवल आन्तरिक विवादका रूपमा नभई संगठन सुदृढीकरणको चेतावनीका रूपमा ग्रहण गर्न सके भविष्यमा यस्ता समस्या दोहोरिनबाट रोक्न सकिनेछ। लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने र कार्यकर्ताको विश्वास जोगाउने दायित्व अब पार्टी नेतृत्वको काँधमा छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बंगलादेश र म्यानमारमा जस्तो चुनाव नगरी सत्ता लम्ब्याउने खेल सुरु : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवादी प्रवृत्तिहरू देखिन थालेको बताएका छन् । काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकमा बोल्दै उनले बंगला...
सांसद हर्क साप्पाङको प्रश्न- सरकारले २८ अर्ब ऋण किन लियो ?
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले २८ अर्ब लिनुको कारण र खर्च हुने क्षेत्रबारे सदनलाई जानकारी गराउन सरकार समक्ष माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्,’बहुमत ल्याएँ भन्दैमा मन्त्रीहरू...
निर्वाचन ७७ दिन बाँकीः निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्ष...
सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर
काठमाडौँ । सर्वोच्च अदालतले भूमि आयोग र यसका जिल्ला कार्यालय खारेजी गर्ने सरकारको निर्णय बदर गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले निर्णय विरूद्धको निवेदनमा रिट जार...
कांग्रेस सभापति गगन थापालाई हराउँदै सर्लाही-४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी
सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विजयी भएका छन्। दुवै क्षेत्रमा रास्वपाले उल्लेखनीय मतान्तरसहित जित हात पारेको हो । सर्लाही ३ मा रास्वपाका उम...
द्रूतमार्गमा प्रधानमन्त्रीको निरीक्षण
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्याउन नहुनेमा जोड दिएका छन् । मुलुकको सर्वाधिक महत्वको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई...



