शनिबार, ०२ साउन २०८३
नेपाली

राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्चीको पहिलो नगर अधिवेशन बहिष्कार : आन्तरिक लोकतन्त्र माथि प्रश्न

Main News Image

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो नगर अधिवेशन बहिष्कार भएको घटनाले पार्टीभित्रको आन्तरिक व्यवस्थापन र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको छ। नयाँ राजनीतिक संस्कार, पारदर्शिता र सुशासनको नारासहित उदाएको दलभित्र नै असन्तुष्टि चुलिँदै अधिवेशन बहिष्कारसम्मको अवस्था सिर्जना हुनु चिन्ताको विषय हो ।

राजनीतिक दलको शक्ति केवल जनसमर्थनमा मात्र सीमित हुँदैन । त्यसको संगठनात्मक संरचना, आन्तरिक लोकतन्त्र र नेतृत्व चयन प्रक्रियाले पनि दलको विश्वसनीयता निर्धारण गर्छ। अधिवेशन जस्तो महत्वपूर्ण संगठनात्मक कार्यक्रममा कार्यकर्ता र नेतृत्वबीच सहमति कायम हुन नसक्नुले संवादको कमी, व्यवस्थापनको कमजोरी वा प्रक्रियागत विवाद रहेको संकेत गर्दछ ।

बहिष्कारको निर्णय किन र कसरी आयो भन्ने विषयमा पार्टी नेतृत्वले स्पष्ट धारणा सार्वजनिक गर्न आवश्यक छ। असन्तुष्ट पक्षका गुनासा सुन्ने, निष्पक्ष छानबिन गर्ने र आवश्यक सुधारका कदम चाल्ने जिम्मेवारी पार्टी नेतृत्वकै हो। अन्यथा, यस्ता विवादले संगठनभित्र विभाजन बढाउने मात्र होइन, पार्टीप्रति आम नागरिकको विश्वाससमेत कमजोर बनाउन सक्छ ।

सिन्धुपाल्चोक क्षेत्र नं। २ राष्ट्रिय स्वतन्त्र पार्टी रासपा अभिभावक विहिन बन्दै गएको  एक वडाका सभापतीले जानकारी दिए । हालै फागुन २१ गतेको निर्वाचमा रासपा उमेद्धवार अजय श्रेष्ठ पराजय र संस्थापक जिल्ला सभापती मायाँ गुरुङको पार्टी प्रतिको चलायमान विश्राम लिएको अवस्थामा दिन प्रतिदिन ओरालो लाग्दै हो । राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्चीको पहिलो नगर अधिवेशन बहिष्कार तर्फ किन गयो भन्ने बिषय एक गम्भिर बहशको बिषय बनेको छ । संस्थापक पक्षधरबाट गुटबन्धि र सिन्डिकेट लादिएको भन्दै सभापती उमेदवार महेश चालिशेले बहिस्कार गरेका हुन् । 

जिल्ला सचिव चक्रमणि सिग्देलद्धारा परिचयपत्र पूर्णताको लागि जालझेल गरिएको पाइएको छ ।नगर कमिटी  निष्कृयको उपज हो । सदस्य र नगरकमिटिको परिचयपत्र नविकरणका लागि उपसभापति रन्जित थापाको सानिमा बैंक लि।को क्यूआर व्यक्तिगत खाता नं ०७७०११०६००००४३२ लेवीको लागि सामाजिक सञ्जालमा आवाह्यन गरिएको छ ।

राजनीतिक दलहरूले सदस्यता शुल्क, लेवी, चन्दा तथा अन्य वैधानिक स्रोतबाट आर्थिक व्यवस्थापन गर्ने प्रचलन नेपालमा सामान्य मानिन्छ। यसको आधार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र सम्बन्धित दलको विधान तथा नियमावलीमा रहेने ब्यावस्था छ । नगरकमिटिको खाता नं अथवा जिल्ला कमिटिको खाता नं। जम्मा गर्नु पर्ने व्यवस्था राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बिद्यानमा उल्लेख छ । आजको खुल्ला सत्रमा आर्थिक प्रतिवेदन आयव्यायको कुनै सुनुवाई भएको थिएन । कार्यसमितिको नामावली काठमाडौँको ट्राभल्स् चावाहिलमा बसेर योजना बनाइएको एक निर्वातिच कमिटिका सदस्यले जानकारी दिए । उनले भने सबै प्रकृया त, हामीले काठमाडौँमा नै बसेर तयार पारेका थियौ केबल प्रकृयाको लागि मात्र मेलम्ची बजारमा कार्यक्रम राखेका हौं उनले भने ।सबै कुरा त भन्न मिलेन महेश चालिसेलाई जसरी पनि बाईकट गर्ने योजना हाम्रो समूहको थियो उनले भने ।

सभापतीका उमेद्धवार महेश चालिसे प्रतिको हर्कत, व्यावहारले वडा नं ३, ७, ८, ९, १० र ११ का सबै वडा सभापती र सदस्यले बहिस्कार गरेका थिए । करिव ७३.२३ प्रतिशतले चुनावको बहिस्कार गरेका हुन् । कतिपयमा आक्रोश देखिन्थे त, कतिपय निराष थिए । यता निर्वाचन कमिटीका पदाधिकारी माथि गम्भिर प्रश्न उठेको छ । यति धेरै करिव ७३।२३ विवादका विचमा पनि निर्वाचन कमिटीले संस्थापक पक्षको कुरा सुनेर एक तर्फि निर्णय लिनु आफैमा आर्थ लुकेको छ । सभापतीका उमेद्धवार महेश चालिसेले बिवादित बिषयलाई किनारा लगाएर मात्र निर्वाचन प्रकृया सक्न भनेका थिए । चालिसेको कुनै कुरा सुनुवाइ नभएपछि उनले चुनाव बहिस्कार गरेर हिडेका थिए ।

रास्वपाले आफूलाई परम्परागत राजनीतिक दलहरूको विकल्पका रूपमा प्रस्तुत गर्दै आएको छ । त्यसैले उसले आफ्नै संगठनभित्र लोकतान्त्रिक मूल्य, विधि र पारदर्शिताको उच्च उदाहरण प्रस्तुत गर्नुपर्छ । आलोचना र असहमति लोकतन्त्रका स्वाभाविक पक्ष हुन्, तर तिनलाई सम्बोधन गर्ने क्षमता नै परिपक्व राजनीतिक संस्कृतिको परिचायक हो ।

मेलम्ची नगर अधिवेशन बहिष्कारको घटनाले रास्वपालाई आत्मसमीक्षा गर्ने अवसर प्रदान गरेको छ । पार्टीले यसलाई केवल आन्तरिक विवादका रूपमा नभई संगठन सुदृढीकरणको चेतावनीका रूपमा ग्रहण गर्न सके भविष्यमा यस्ता समस्या दोहोरिनबाट रोक्न सकिनेछ। लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने र कार्यकर्ताको विश्वास जोगाउने दायित्व अब पार्टी नेतृत्वको काँधमा छ ।


mediabaaji add

सम्बन्धित खबर

जीतपछि ओलीको गर्जन, नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट पुन अध्यक्ष जीतेपछि केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् । बिहीबार पार्टीको शपथग्रहण लगत्तै काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्त...

मतदाता नामावली दर्ता अवधि थप गर्न प्रधानमन्त्रीको आग्रह, निर्वाचन आयोग सकारात्मक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताका लागि तोकिएको समय थप गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । मतदाता नामावली सङ्कलनमा हाल देखिएको उत्साह र चापका कारण म्याद थप आवश्यक रहेको प्रधानमन्त्रीको...

बालेन र महेश बस्नेतसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई स्पष्टीकरण सोधेको छ । शाह झापा ५, बस्नेत भक्तपुर २, साम्पाङ सुनसरी १ र भुसाल रूपन्देही २ मा उम्...

देशलाई इमानदार नेतृत्व खाँचो हो, लोकप्रिय नारा होइन : बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशलाई इमानदार नेतृत्व खाँचो रहेको छ लोकप्रिय नाराले देश नबन्ने बताउनु भएको छ । हामीलाई अव देशको विकास गर्नु छ भने, भाषण र कागजी नाराले लोकप्रिय बन...

प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम सार्वजनिक, रास्वपाको १२५ क्षेत्रमा जित

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत १६५ मध्ये १६४ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । धनुषा १ मा भने उम्मेदवारी खारेजका कारण विवाद अझै बाँकी छ । मतगणनाको क्रममा उम्मेदवारी खारेज भएका किशोरी साहकै पक्षमा मत आएको...

पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।

मतपत...