भक्तपुरमा आजदेखि बिस्केट जात्रा, ९ दिनसम्म चल्ने
काठमाडौँ । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने यो जात्रा वैशाख ५ गते सम्पन्न हुने गर्दछ ।
भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको बिस्काः जात्रा लिच्छविकालदेखि सुरु भएको मानिन्छ । जात्राको सुरुवात तौमढीस्थित पाँचतले मन्दिर अगाडि भैरव र भद्रकालीको रथ तानेर गरिन्छ ।
जात्रामा नौ दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन् । सुरक्षाका लागि यस अवधिभर आवश्यक प्रबन्ध मिलाइएको हुन्छ । पहिलो दिन पाँचतले मन्दिर प्राङ्गणबाट भैलखःलाई क्वने र थनेका बासिन्दाले डोरी तानेर आ–आफ्नो टोलतर्फ लैजाने परम्परा रहेको छ । यो नै जात्राको प्रमुख आकर्षणमध्ये एक मानिन्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाल कृषि सहकारी केन्द्रीय संघमा नयाँ नेतृत्व चयन अध्यक्षमा उप्रेती
काठमाण्डौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि को ५औँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्ण शर्मा महिला उपाध्यक्षमा मीना कुमारी ढकाल र सिचवमा चिरन्जिवी केसी निर्वाचित...
तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार
काठमाडौँ । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल...
रातो मच्छिन्द्रनाथको रथ ठटीटोल पुर्याइयो, आज साँझ ‘नरिवल खसाल्ने जात्रा’
काठमाडौँ । वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथलाई आज ललितपुरको लगनखेलस्थित ठटीटोल पुर्याइएको छ । रथ यात्राको निर्धारित तालिकाअनुसार भक्तजन र जात्राका सहभागीहरूले उत्साहपूर्वक रथ तानेर ठटीटोल पुर्याएका हुन् ।
रथ ठट...
आजबाट सुकुम्वासीलाई खाना बन्द, होल्डिङ सेन्टर छाड्नुपर्ने
काठमाडौँ । उपत्यकाका नदीखोला किनारका सुकुम्बासीलाई उपलब्ध गराएको खाने व्यवस्था आज मंगलबारबाट रोकिएको छ । बागमती सभ्यता एकिकतृ विकास समितिले हिजो सम्मको बिल भर्पाइ पेस गर्दै अब उप्रान्त खाना र केही दिनपछि वासस्थानको व्यवस्था रोक्न लागेको हो । ...
नोबेल अस्पतालको ५ तलामाथिबाट खसेर डाक्टरको मृत्यु
विराटनगर । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज अस्पताल भवनको पाँचौँ तलाबाट खसेर एक चिकित्सकको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा कार्यरत सप्तरी निवासी इन्टर्न डाक्टर अमित यादवको आज बिहान ६ बजेतिर अस्पतालको भवनबाट खसेर मृत्यु भएको अवस्थामा शव फ...
धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वनजंगलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका...



