भोटेकोशी बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले रसुवाको भोटेकोसी बाढीमा परी मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा मृत्यु भएकाहरूको सम्झनामा घटनाको १३औँ दिन अर्थात् भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार राष्ट्रिय शोकका दिन सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवालगायत प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा प्रभावितको उद्धार र राहत कार्यसमेत जारी रहेको सरकारले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
काठमाडौँ । बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ। उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धा...
वर्षाले चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
काठमाण्डौँ । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो...
आइतबार, कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आइतबार अन्य भूभागमा भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आ...
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार...
केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाण्डौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ । विभागका...
मनसुन थप चार प्रदेशमा विस्तार, अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण
काठमाडौँ । नेपालमा यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ । औसत समयभन्दा छ दिन ढिलो गरी गत शुक्रबार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आजसम्म आइपुग्दा थप चार प्रदेशमा फैलिएको हो ।
जल तथा मौसम विज्ञान विभाग...



