शुक्रबार, १२ असार २०८३
नेपाली

जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा भीम कुमाखी चयन

Main News Image

काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलनबाट सांस्कृतिककर्मी तथा कवि भीम कुमाखी संयोजक र अष्ट लामा सहसंयोजकमा चयन हुनुभएको छ । सम्मेलनले ५१ सदस्यीय कार्यालय टिम, सचिवालय, केन्द्रीय समिति तथा ४५ सदस्यीय प्राज्ञिक परामर्श समिति समेत गठन गरेको छ।

तीनकुनेस्थित मन्डला ब्याङ्कवेटमा सम्पन्न सम्मेलनको उद्घाटन प्रमुख अतिथि नेकपाका सहसंयोजक माधवकुमार नेपालले गर्नुभएको थियो। उहाँले कम्युनिस्ट आन्दोलन नयाँ उत्साहका साथ अघि बढ्दै देश र जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गर्दै नयाँ पुस्तालाई विचार र आन्दोलनसँग जोड्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा कला, साहित्य तथा संस्कृति विभागका सदस्य गङ्गानारायण श्रेष्ठ, महासङ्घका इन्चार्ज चिरन पुन, सहइन्चार्ज उदय श्रेष्ठ लगायतले प्रगतिशील सांस्कृतिक आन्दोलनलाई एकतामार्फत सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो । नवनिर्वाचित संयोजक कुमाखीले लेखक, कलाकार र सांस्कृतिककर्मीहरूको एकतालाई बलियो बनाउँदै प्रगतिशील सांस्कृतिक आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

एक्सप्रेस

mediabaaji add

सम्बन्धित खबर

संघर्ष र साधनाबाट स्थापित गायक बेल बहादुर परियार

काठमाडौँ । रेडियो नेपालबाट पहिलोपटक स्वर दिएको दिनदेखि आजसम्म लोक संगीतको बाटो नछोडेका गायक बेल बहादुर परियारले आफ्नो नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ सार्वजनिक गरेका छन् । गए मङ्गलबार बर्दिबासमा आयोजित विमोचन समारोहले उनको निरन्तर साधना र...

खाइराइड हास्यव्यङ्ग्य निबन्ध प्रतियाेगिता पुरस्कार समर्पण

मिडियाबाजी डटकम,काठमाडाैँ, २०८२ पुस १३ । नेपाली हास्यव्यङ्ग्य साहित्यको उन्नयन र विकासका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापना गरिएको ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार‘ २०८२ विशेष समाराेहकाे आयाेजना गरी समर्पण गरियाे । 

भक्तपुरमा मुक्तक लेखन तथा वाचन कार्यक्रम सम्पन्न !


• दुर्बिन शर्मा 'विवेक'

भक्तपुर ।मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको संयुक्त आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

     कार्यक्रमको सञ्चालन एकेडेमीका रा...

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १९ जना स्रष्टालाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण !

काठमाडौँ ,कमलादी। २०८३ वैशाख १८ गते ,बिहीवार।    •भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र  र सामाजशास्त्र लगायतका  विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई नेपाल प्रज्ञा- प्रतिष्ठानले प्रज्ञा पुरस्कार-२०८२  समर्पण गरेको छ।

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

मिडियाबाजी डटकम काठमाडौँ,पौष १२। गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। ओमप्रकाश राईको संगीत रहेको उक्त गीतलाई गाय...

विश्व कविता दिवस मनाइँदै

काठमाडौँ । आज विश्व कविता दिवस मनाइँदैछ । साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवस मनाइने छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य–काव्य विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ ।

सन् १९९९ मा संयुक्त राष्ट्रसङ्...