बुधबार, ३१ असार २०८३
नेपाली

देश विकास पार्टीको नेतृत्व गर्दै बालेन, लौरो चिन्हबाटै झापामा केपी ओलीसँग चुनाब लड्ने

Main News Image

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पार्टी बनाउने भएका छन् । उनले देश विकास पार्टीको पुनर्गठन गरेर पार्टीको नेतृत्व गर्ने र चुनाबमा जाने तयारी गरेका हुन् । केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर चुनाबमा जाने विषयमा रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरेका बालेन रास्वपासँगको सहकार्य सम्मानजनक नभएको निष्कर्षमा पुगेको र नयाँ पार्टी गठन गरेर निर्वाचनमा जाने तयारी गरेको स्रोतले बतायो ।

पार्टी गठन गर्नका लागि बालेनले धेरै प्रभावशाली व्यक्तिहरुसँग छलफल गरिरहेको समेत स्रोत बताउँछ । यसका लागि आज पनि बैठक राखिएको पत्रकार ऋषि धमलाले बताए । धमला आफैं पनि बालेनको चुनाबी छलफलको एक हिस्सा हुन् ।

धमलाका अनुसार बालेनले अहिले नयाँ पार्टी गठन गरेमा निर्वाचनमा जान मिल्दैन । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभाका लागि दल दर्ताको काम पूरा गरिसकेको छ । त्यसैले उनले आयोगमा प्रतिनिधि सभा निर्वाचनका लागि यसअघि नै दर्ता भइसकेको पार्टीमार्फत चुनाबमा जाने तयारी गरेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । आइतबार रवि–बालेनबीचको सम्झौतापछि सामाजिक सञ्जालमा भिडियो राख्दै उनले बालेनलाई लक्षित गर्दै सहकारी काण्डमा ता...

झापा-५ मा ओलीसँग नेकपाबाट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ भिड्ने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट झापा निर्वाचन क्षेत्र नम्बर– ५ मा रञ्जित तामाङ उम्मेदवार बन्ने भएका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा– ५ बाट चुनाव लड्न अखिल क्रान्तिकार...

राष्ट्रपतिबाट प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश जारी गरेका हुन् । शुक्रबार राष्ट्रपति पौडेलले सो अध्यादेश जारी गरेका हुन् ।

रा...

मतदान गर्न जाँदा के–के कागजात लैजाने ?

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ । 

मतदाता परिचयपत्रको सक्कलप्रति नभए...

रास्वपाका समानुपातिक सांसदको नाम सार्वजनिक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिकतर्फबाट सांसदको टुंगो लगाएको छ । आइतबार बसेको रास्वपाको सचिवालय बैठकले नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरेपनि सार्वजनिक गरेको थिएन । रास्वपाले समानुपातिकतर्फको सांसदको नाम सार्वजनिक...

मधेसमा मुख्यमन्त्रीको सकस : कांग्रेसका यादव र लोसपाका सोनलको दाबी

काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी आज पेस गर्नुपर्ने छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् । नेपाली क...