वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी संकल्प गरिन्छ ।
दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।
यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नास नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौंको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो । गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रा तोयराज नेपाल बताउँछन् । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पत्रकार दिनेश सिटौलाको असामयिक निधन, ४३ वर्षमै रोकियो सक्रिय पत्रकारिताको यात्रा
काठमाडौँ । चलचित्र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) बाट पीडित सिटौलालाई चिकित्सकले आज दिउँसो १२ः४५ बजे मृत घोषणा गरेका हुन् ।
अछाममा रहेका बेल...
युद्धग्रस्त मध्यपूर्वमा नेपाली श्रमिक जाने क्रम रोकिएन, फागुन महिनामै बाहिरिए ५२ हजार बढी
काठमाडौँ । मध्यपूर्वमा बढ्दो युद्ध तनावका बीच सरकारले केही देशमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति स्थगन गरेको भए पनि फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा कुल ५२ हजार ९ सय ४४ जनाले श्रम स्व...
रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या आठ पुग्यो
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिक २ स्यालाखदी जाँदै गर्दा रा १ ज ४२२ नम्बरको जिप दुर्घटना...
पश्चिमी वायुको प्रभाव कायमै : कस्तो रहला सोमबार देशभरको मौसम
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भूभागमा आशिंक बदली रहनेछ । यसैगरी...
मध्यपहाडी लोकमार्ग : पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा
कास्की । मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखर...
फेरि हिमपात भयो मुक्तिनाथ क्षेत्रमा
मुस्ताङ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा भारी फेरि हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात भएको हो । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक...



