शुक्रबार, २९ साउन २०८३
नेपाली

स्रष्टा छुकांको ‘ताथली, भूगोलदेखि लोकसंस्कृतिसम्म’ लोकार्पण

Main News Image

काठमाण्डौँ । इतिहास विगतको दर्पण मात्र होइन, समाजको साझा स्मृति पनि हो। यसका साथै संस्कृति परम्पराभन्दा बढी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनपद्धति हो । जब यी दुवैलाई समयमै अभिलेखीकरण गरिँदैन, समाजले आफ्नो मौलिक परिचय पनि बिस्तारै गुमाउँदै जान्छ । यही चिन्तालाई आत्मसात् गर्दै चाँगुनारायण नगरपालिका–९ ताथलीको इतिहास, भूगोल, लोकसंस्कृति, पुरातात्त्विक सम्पदा, धार्मिक आस्था र सामाजिक जीवनलाई एउटै कृतिमा समेटिएको अनुसन्धानमूलक पुस्तक ‘ताथली भूगोलदेखि लोकसंस्कृतिसम्म’ सार्वजनिक गरिएको छ ।

चाँगुनारायण नगरपालिका–९ वडा कार्यालयको आर्थिक वर्ष २०८२,०८३ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत प्रकाशित पुस्तकको लोकार्पण तथा परिचर्चा कार्यक्रम वडा सदस्य रविन बासुकलाको सभाध्यक्षतामा भएको हो । उक्त कार्यक्रम पुस्तक विमोचनमा सीमित रहेन, स्थानीय इतिहासको संरक्षण, सांस्कृतिक उत्तराधिकारको जगेर्ना र भावी पुस्ताप्रतिको दायित्वबारे बहसका रूपमा पनि स्थापित भयो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले इतिहास र संस्कृतिविनाको समाजको पहिचान नै कमजोर हुने उल्लेख गर्दै स्थानीय इतिहासको खोज, अध्ययन र अभिलेखीकरणलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले स्थानीय तह आफैंले आफ्नो इतिहास र सम्पदालाई पुस्तकका रूपमा सुरक्षित गर्नु दूरदर्शी र अनुकरणीय कार्य भएको बताए ।


mediabaaji add

सम्बन्धित खबर

नेपाल साहित्यिक पत्रकार सङ्घको २०औँ वार्षिकोत्सवमा संस्थापक अध्यक्ष सिलवाल,राई र सुमीलाई सम्मान समर्पण !

काठमाडौँ । नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समितिले आफ्नो २०ओैँ वार्षिकोत्सव राष्ट्रिय साहित्यिक पत्रकारिता दिवस,राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान तथा अन्तरक्रिया नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजना गरी सम्पन्न गरेको छ । प्रम...

तृषित मन' हाइकु / सेन्युसङ्ग्रहको लोकार्पण

काठमाडौँ। कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा निकै लोकप्रिय देखिन्छ। हाइकु र सेन्युको सङ्क्षिप्तता र गुणवेत्ताका प्रभावले नेपाली साहित्यमा सयौँ हाइकुकार र केही सेन्युकारहरू देखा परिरहेका छन् ।यसै क्रममा काठमाडौँका ६६ वर्षीय प्रदीप के...

कवि तेजप्रकाश श्रेष्ठको नयाँ कृति ‘जाँगरको कल्पवृक्ष’ सार्वजनिक

काठमाडौँ। अग्रज साहित्यकार तथा कवि तेजप्रकाश श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ सार्वजनिक गरिएको छ । ठमेलस्थित चिवहालमा आयोजित कार्यक्रममा भुवनहरि सिग्देल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा।डा। कपिल लामिछाने, छविरमण सिलवाल, प्रदीप सापकोटा र...

मातृका पोखरेलको कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक

काठमाण्डौँ । साहित्यकार मातृका पोखरेलको नयाँ कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ शुक्रबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्य...

पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको पहिलो सम्पादित कृतिको लोकार्पण

काठमाण्डौँ । वरिष्ठ पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको सम्पादनमा प्रकाशित पहिलो पुस्तक डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’ शनिबार एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ ।

शब्दयात्रा प्रकाशनले बनेपास्थित आफ्नै सभाहलमा आयोजना गरे...

प्रज्ञा-प्रतिष्ठान सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठी शोधमूलक लेख/रचना आह्वान

प्राज्ञ चेतनाथ धमला 

   काठमाडौँ। ‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल सन्देशका साथ नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक कार्यहरू गर्दै आएको छ । नेपाली समाज बहुभाषिक–बहुसांस्कृतिक, भौगोलिक विविधता तथा बहुलत...