अष्ट्रेलिया र न्युजिल्यान्डद्वारा मध्यपूर्वमा सैन्य विमान परिचालन : नागरिक उद्धारमा जुटे दुवै देश
काठमाडौँ । अष्ट्रेलियाले आफ्ना नागरिकको आकस्मिक निष्कासन योजना अनुरूप मध्यपूर्वमा दुईवटा सैन्य विमान तैनाथ गरेको छ । अमेरिका–इजरायली आक्रमणपछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्किएपछि विभिन्न देशहरूले आफ्ना नागरिकलाई सुरक्षित निकाल्न हतार गरिरहेका छन् ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बिहीबार संसद्मा सम्बोधन गर्दै मध्यपूर्वमा सैन्य विमान तैनाथ गरिएको पुष्टि गरे। उनले खतरनाक अवस्थामा पनि अष्ट्रेलियालीहरूको ज्यान जोगाउन खटिएका उद्धारकर्मीहरूलाई धन्यवाद दिए । अष्ट्रेलियाले यस क्षेत्रमा आफ्ना करिब १ लाख १५ हजार नागरिक रहेको बताएको छ। बुधबार मात्रै पहिलो उद्धार उडान दुबईबाट सिड्नी पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
फिलिपिन्समा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
काठमाडौँ । फिलिपिन्समा सोमबार गएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको छ । भूकम्पले भवनहरूमा क्षति पुगेको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।
देशका वि...
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
काठमाडौँ । अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको दुवै देशका विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन् । मार्चको अन्त्यदेखि अफगानिस्तानमा आँधीबेहरीसँगै बर्षा भएको छ, जसले बाढ...
अफगानिस्तानमा २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक
काठमाडौँ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार अफगानिस्तानमा गत वर्ष करिब २२ लाख नौ हजार नागरिकले मानवीय सहयोगको आवश्यकता महसुस गरेका छन् । तीमध्ये करिब १२ लाख बालबालिका रहेका छन् ।
प्रतिवेदनमा लगातारको...
ओमानमा इरान र अमेरिकाबीच गोप्य आणविक वार्ता, ट्रम्पका ज्वाइँ सहभागी हुने
काठमाडौँ । इरानले आगामी शुक्रबार ओमानको मस्कटमा अमेरिकासँग अप्रत्यक्ष आणविक वार्ता गर्ने तयारी गरेको छ । इरानी सञ्चारमाध्यम तस्निमका अनुसार यो वार्ता मुख्य गरी आणविक मुद्दा र इरानमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गर्ने विषयमा मात्र केन्द्रित रहनेछ...
विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने अमेरिकाको घोषणा
काठमाडौँ । अमेरिकाले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने घोषणा गरेको छ । वासिङटन डीसीस्थित राष्ट्रपति भवननजिकै बुधबार दुई जना नेसनल गार्डलाई गोली हानिएपछि अमेरिकाले विदेशी नागरिकलाई शरण दिने सबै निर्णय...
इरानी विद्यालयमा मारिएका १६५ बालिकाहरूको सार्वजनिक अन्त्येष्टि
काठमाडौँ । इरानी सहर मिनाबमा रहेको एक बालिका विद्यालयमा अमेरिकी र इजरायली आक्रमणमा मारिएका १६५ बालिकाहरूको सार्वजनिक अन्त्येष्टि भएको छ । मिसाइल आक्रमणमा परी एकैठाउँमा १६५ बालिकाहरूको मृत्यु भएको हो । उक्त सार्वजनिक अन्त्येष्टिमा हजारौँ मानि...


