बिराटनगरमा महेश बस्नेतमाथि आक्रमणको प्रयास
विराटनगर । एमाले पोलिट्व्यूरो सदस्य महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ । आज इटहरीमा आयोजित युवा संघ कोशी प्रदेशस्तरिय जनजागरण अभियानमा सहभागी हुन श्री एयरको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्न खोजेका थिए ।
घटनापछि सुरक्षाकर्मीहरूले तत्काल नियन्त्रणमा लिएर अवस्था सामान्य पारेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका युवाहरू विराटनगर(२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर १ का २५ वर्षीय संयोग गौतम रहेको प्रहरी स्रोतले पुष्टि गरेको छ । विमानस्थलमा खटिएका प्रहरी अधिकृतका अनुसार आक्रमणको प्रयास भए पनि बस्नेतलाई कुनै प्रकारको शारीरिक क्षति पुगेको छैन । घटनापछि विमानस्थल तथा इटहरीस्थित कार्यक्रमस्थल दुवै ठाउँमा सुरक्षाव्यवस्था कडा बनाइएको छ । बस्नेत भने आफ्नो तोकिएको कार्यक्रमका लागि इटहरीतर्फ प्रस्थान गरिसकेका छन् । इटहरीमा दिउँसो १ बजे कार्यक्रम रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेकपाले बनायो उम्मेदवार छनोटको मापदण्ड : एकै परिवारका एकभन्दा बढी सिफारिस गर्न नपाइने
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मापदण्ड तोकेको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत दलहरू मिलेर बनेको नेकपाले उम्मेदवार छनोटका लागि कडा मापदण्ड बनाएको...
नगर विकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरौँ : मन्त्री घिसिङ
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन् । कोषका कामकारबाहीबारे जानकारी लिँदै आज उनले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प...
पूर्वमन्त्री रामवीरले त्यागे एमाले, रोजे कांग्रेस
काठमाडौँ । नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन् । उनी काठमाडौँ क्षेत्र नम्बर ७...
संयम र जिम्मेवारीका साथ प्रस्तुत हुन गृहमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको उच्चस्तरीय बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सुरक्षा अवस्था विचार गरी जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरेका छन् । बैठकमा प्रधानमन्त्री सुशीला कार्की...
राष्ट्रिय स्वयंसेवक संघ केन्द्रीय सदस्यका लागि चार जनाभन्दा बढी उम्मेदवारी
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीले ९९ केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढी उम्मेदवारी दर्ता गराएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणको मनोनयनको लागि सूची निकाल्ने तयारी भइरहेको छ ।
उनले भने, “एउटा मात...
चुनाब फागुन २१ मा एकैदिन गर्नुपर्छ : प्रचण्ड
काठमाडौँ । मंगलबार प्रधानमन्त्री सुशीला कार्कीले मौसम अनुकूल नभएमा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन हुन सक्ने बताएपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले त्यसो नगर्न सुझाव दिएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रमम...



