वीरगञ्जमा हिन्दू मुस्लिम जुधाउन सुँगुरको टाउको मस्जिदमा फाल्ने प्रयास
काठमाडौँ । वीरगञ्जमा धार्मिक सद्भाव भड्काउन खोज्ने ३ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ । गएराति करिब २ बजे श्रीजंग गण वीरगन्जको नेतृत्वमा वीरगन्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रमा सञ्चालन गरिएको विशेष सर्च अपरेसनका क्रममा तीनजनालाई नियन्त्रणमा लिइएको हो ।
वीरगन्ज १६ निवासी कृष्ण यादव, सोही ठाउँका रोहित पटेल र अवजित यादव पक्राउ परेका हुन् । उनीहरूको साथबाट सुँगुरको टाउको, नौ थान सुतली बम, सेतो रंगको तार पाँचवटा बरामद गरिएको छ । अनुसन्धानमा उनीहरूले धार्मिक हिंसा फैलाउन सुँगुरको टाउको मस्जिदमा फाल्ने योजना बनाएको खुलेको छ । सुँगुरलाई इस्लाममा हराम मानिन्छ । त्यसमाथि अहिले रमजानको पवित्र महिना चलिरहेकोले सुँगुरको टाउको मस्जिदमा पुगेको भए निकै ठूलो धार्मिक द्वन्द्व हुने जोखिम थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौं उपत्यकामा एकै दिन दुई हजारभन्दा बढी सवारीचालक कारबाहीमा
काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने दुई हजार ७६ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरू...
अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानि गर्न लगाउने र पैसा आएको छैन भन...
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर...
प्रहरीको गोलीबाट वडाध्यक्षको हत्या
जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गर...
तीन लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गरिँदै
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि तीन लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको । एकै चरणमा हुने यो निर्वाचनका लागि सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी यो संख्यामा परिचालन हुने भएको हो । २०७९ को चुनावमा भन्दा यस पटक उम...
नेपाली युवतीलाई चिनियासँग बिहे गराइदिने गिरोह पक्राउ
काठमाडौँ । नेपालमा अवैध रूपमा ‘म्यारिज ब्युरो’ चलाएको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरूलाई अध्यागमन विभागको टोलीले काठमाडौँको सोह्रखुट्टे–मिलीजुली चोक क्षेत्रबाट नियन्त्रणमा लिएक...



