६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पती शुद्धीकरण विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो । अनुसन्धानमा उनले अवैध सुन तस्करीबाट प्राप्त रकम प्रयोग गरी झापा, काठमाडौं, रौतहट र काभ्रेपलाञ्चोकमा ३२ कित्ता जग्गा खरिद गरेको देखिएको छ ।
अभियोगपत्र अनुसार, कुल २ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रकम उनले अवैध स्रोतबाट शुद्धीकरण गरेको पुष्टि भएको हो। उनको सम्बन्ध बेल्जियम नागरिक दावा छिरिङसँग पनि देखिएको छ । विभागले दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘खरीदको कुल मूल्यसमेत गर्दा हुन आउने कुल रकम १,४५,५४,०३,९४८ रुपैयाँ तथा विदेशबाट अवैध तरिकाले आयात गरेको सुन ६० केजी ७१६ ग्रामको तत्कालीन अवस्थाको मूल्य प्रतितोला १,१२,५०० रुपैयाँका दरले हुने कुल मूल्य ५८,५६,०९,५६८ रुपैयाँ र हिमालयन बैंकमा निजका नाउँमा रहेको नं। ००२१०५५००१९००१३ को खातामा कसुरबाट प्राप्त गरी जोर जम्मा गरी कारोबार गरी निःसर्ग गरेको रकम ३,५२,००,००० रुपैयाँ समेत गरी हुने कुल रकम २,०७,६२,१३,५१६ रुपैयाँ प्रतिवादी जीवन चलाउनेले शुद्धीकरण गरेको पुष्टि हुन आएको छ।’
साउन ३ गते राजस्व अनुसन्धान विभागले मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाइएको सुन बरामद गरेको थियो। पछि अनुसन्धानलाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० लाई जिम्मा दिइएको र ३०२ किलो सुन तस्करी भएको निष्कर्षमा पुगेको थियो । यस प्रकरणमा दावा छिरिङ, जीवन चलाउनेसहित २९ जनाविरुद्ध सुन भन्सार चोरी, पैठारी र संगठित अपराधसम्बन्धी मुद्दा दायर गरिएको छ । समितिले अनुसन्धानमा संलग्न केही प्रहरी अधिकारीहरूको कारबाही र केही राजनीतिक तथा विदेशी सम्बन्धित व्यक्तिविरुद्ध पनि मुद्दा सिफारिस गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सुन कारोबारको बहानामा हत्या : शव पुलमुनी गाडियो, गाडी जलाइयो
विराटनगर । झापाको शिवशताक्षी नगरपालिका-१० का ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण रहस्यमय हुँदै गएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा सुन कारोबारको प्रलोभन देखाएर योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको छ। प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी...
किशोरको हत्या आरोपमा उनको ‘प्रेमिका’सहित ३ जना पक्राउ
काठमाडौँ । दाङमा एक किशोरको हत्या आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय सन्दीप वली, १८ वर्षीय निश्चल चौधरी र १८ वर्षीया आकृति बुढा रहेका छन् । प्रारम्भिक अनुसन्धानमा भेट्न बोलाएर कुटपिट गर्ने क्रममा राप्ती गाउँपालिका–२ बाह्रखुट्...
सासुलाई कुटपिट गरी गहना लुटेको आरोपमा बुहारी पक्राउ
काठमाण्डौँ । सासुमाथि कुटपिट गरी गहना लुटेको आरोपमा प्रहरीले एक बुहारीलाई पक्राउ गरेको छ । यो घटना गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ४ ताक्लुङ बाझोजराको हो ।
८५ वर्षीया सासु दिलमाया रानामाथि कुटपिट गरी दुवै कानको लोतीसमेत चुडाएर सुनको रि...
गुण्डागर्दीको आरोपमा सानुभाइ भनिने युवराज गुरुङ पक्राउ
काठमाडौँ । गुण्डागर्दीको आरोपमा सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । पटक पटक पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
२०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोप...
एआईजी पौडेललाई सशस्त्र प्रहरीको आईजीपी बनाउने सरकारको तयारी
काठमाडौँ । सरकारले एआईजी नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल एपीएफको महानिरीक्षक आईजीपी नियुक्त गर्ने तयारी गरेको छ । वर्तमान प्रमुख राजु अर्यालको चारवर्षे कार्यकाल वैशाख १८ गते सकिनुअघि नै नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइएको हो ।
स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्मार्ट टेलिकम स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशीलाई नियन्त्रणमा लिएको छ । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा जोशीलाई सोमबार काठमाडौंको खुर्सानीटारबाट पक्राउ...


