यात्रा टुगिँदै गर्दा हामी एक हिसाबले खुशी नै छौं : रामकुमारी झाँक्री
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सो पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी बिघटन भएको उल्लेख गर्दै अव सो पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी हुन् । प्रारम्भका दिनहरुमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले नयाँ अभियानमा जोडिएपनि त्यो अभियान एक हिसाबले समाप्त भएको र आफूहरुको अध्याय टुंगिएको उनले बताइन् ।
झाँक्रीले अहिले आफूहरु पार्टीबिहीन बनेको र पजको अवस्थामा रहेको जिकिर गरिन्। अहिलेको एकता प्रक्रियाले वृहत्तर वामपन्थी एकता र प्रगतिशील आन्दोलनलाई कमजोर पार्ने निश्चित रहेको उनले बताइन् । उनले फरक(फरक बिचार राख्ने दलहरु एकैठाँउ आउदा दल कमजोर हुन्छ भन्ने कुरा नेकपा एकतामा नै भोगेको उल्लेख गरिन्। उनले समाजवादी पार्टीसँगको यात्रा गलत हो भन्ने थाहा हुँदाहुँदै पनि सुधार गर्नका लागि केही जिम्मेवारी भएकाले छोड्न नसकेको भन्दै अहिले यो यात्रा टुगिँएको जानकारी दिइन् ।
‘यो यात्रा अवरुद्ध छ भन्ने कुरा हामीले धेरै पहिला थाहा पाएका थियौँ, यो गलत बाटो हो भन्ने पनि थाहा थियो तर त्यस्लाई सुधार गर्नका लागि हामी सँग केहि जिम्मेवारी हरु थिए। त्यही कारणले गर्दा त्यो यात्रा बीचैमा टुंग्याउन सकेका थिएनौं तर आज यो यात्रा टुंगिएको छ। तर यात्रा टुगिँने गर्दा हामी एक हिसाबले खुशी नै छौं,’ उनले भनिन्। उनले नेकपा एकीकृत समाजवादी पार्टी निमार्णका क्रममा एउटा अभियानमा चल्छ भन्ने विश्वासका साथमा लागेको भन्दै आजबाट त्यो विश्वास पनि सकिएको बताइन्। उनले समाजवादी पार्टी सँगको यात्रा नयाँ पार्टी विघटन सँगसँगै सकिएको दाबी गरिन्।
एक्सप्रेस
सम्बन्धित खबर
गगन-विश्वप्रकाशले बोलाए राष्ट्रिय भेला, विशेष महाधिवेशनबारे निर्णय गर्ने
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा विशेष भेलाको आयोजना गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा आज राष्ट्रिय भेला हुन लागेको हो । भेला दिउँसो १ बजे राष्ट्रिय सभा...
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्...
निर्वाचनको मुखमा ४ हजारभन्दा धेरै अपराधी खुलेआम घुम्दै
काठमाडौँ । जेनजी आन्दोलनपछि फरार रहेका चार हजार बढी अपराधीहरु जेल बाहिर रहेका छन् । निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि राजनीतिक दलहरुबाट उम्मेदवारी दर्ता गराइसेको छ ।
गृहमन्त्रालय अन्र्तगत रहेको कारागार व्यवस्थापन विभागले बुधबार साँ...
आज समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग आज बुधबार विशेष अन्तरक्रिया गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय स...
रास्वपा महाधिवेशनमा तीव्र असन्तुष्टि : मतदान प्रक्रिया र व्यवस्थापनमा गम्भीर प्रश्न
चितवन । नयाँ राजनीतिक संस्कारको दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आन्तरिक खिचातानी, व्यवस्थापकीय कमजोरी र मतदान प्रक्रियाको विवादका कारण नराम्रोसँग थला परेको छ । तीन दिनभित्रै भव्य रूपमा सम्पन्न गर्ने य...
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने फागुन २१ गतेको निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताउँदै यसलाई सफल पार्न सबैलाई आग्रह गरेका छन् । उनले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्वपूर्...



