रास्वपाका कारण सरेको प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित सूची
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि डाकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन लम्बिएका कारण लगातार सरेको बैठक आज बस्न लागेको हो ।
बैठकमा आज सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन् । त्यस्तै प्रधानमन्त्री वालेन्द्र साह बालेनको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन २०८३ पेश गर्नेछन् ।
त्चयस्तै व्यवस्थापन कार्यतर्फ विभिन्न विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
जापान पुगे राष्ट्रपति पौडेल, सम्राट् नारुहितोसँग राजकीय भेटवार्ता हुने
काठमाडौँ । चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि...
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
काठमाडौँ । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । सोमबार केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले उनलाई काठमाडौंको कागेश्वरी मनोहराबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । भट्टराईमाथि राहदानी ऐन अन्तर्गत कसुर गरेको आरोप छ...
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
काठमाडौँ । गत सेप्टेम्बरको आन्दोलन र त्यसपश्चात छाएको राजनैतिक अस्थिरताको प्रभावलाई प्रतिबिम्वित गर्दै नेपालको वृद्धि आर्थिक वर्ष २०२५ मा चार दशमलव छ प्रतिशतबाट घटेर आर्थिक वर्ष २०२६ मा दुई दशमलव एक प्रतिशतमा झर्ने प्र...
आदेखि मतदान केन्द्रमा कर्मचारी परिचालन
१८ फागुन, काठमाडौँ । यही फागुन २१ गते हुने निर्वाचन गराउनको लागि कर्मचारी र सुरक्षाकर्मीहरू आज अपराह्नसम्म देशभरका मतदान केन्द्रहरुमा परिचालिन हुने भएका छन् । निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरूलाई केन्द्रमा पुग्न परिप...
जुम्लामा ज्ञानेन्द्र शाही विजयी, विनीता कठायतको जमानत जफत
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्ला क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार ज्ञानबहादुर ज्ञानेन्द्र शाही विजयी भएका छन् । यस जितसँगै राप्रपाले यसपालि आफ्नो जीतको खाता खोलेको हो । शनिबार फागुन २३ दिउँसो सार्वजन...
कांग्रेस पार्टी फुट्न लागेको सभापति देउवाले नै स्वीकार गरे
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी विभाजन हुन लागेको कुरा स्वीकार गरेका छन् । कांग्रेभित्रको विवाद समाधान गर्नका लागि सभापतिको ध्यानाकर्षण गराउन पुगेका २५ केन्द्रीय सदस्यहरूसँगको भेटमा देउवाले यस्तो स्वीकार गरेका हु...



