आइतबार, ०७ भदौ २०८३
नेपाली

जेनजी आन्दोलनमा प्रहरी कार्यालयमा आगजनी र प्रहरीमाथि कुटपिट : थप दुई आरोपी पक्राउ

Main News Image

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका– ३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबा छन् ।

उनीहरूमाथि प्रहरीलाई कुटपिटसमेत गरेको आरोप छ । उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरी प्रभाग साँखुले जनाएको छ ।
यस्तै, जेनजी आन्दोलनको क्रममा लुटपाट भएको हतकडी र सोको चाबीसहित झापाको दमक नगरपालिका वडानम्बर २ घर भई हाल काठमाडौंको बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठ पक्राउ परेका छन् । उनलाई यही कात्तिक ८ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकाबाट नियन्त्रणमा लिइएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

प्रहरी कार्यालय आक्रमण गर्ने भारतीयसहित १५ जना पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरीले प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटसँग सम्बन्धित १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, घटनामा संलग्न रहेको ठोस...

३१ विमानस्थल र ७० कारागार सुरक्षाको जिम्मा सेनालाई

काठमाडौँ । ७० कारागार, ३१ विमानस्थल र १३ अन्य कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ । कारागार र विमानस्थलबाहेक नेपाल आयल निगम, टेलिकमका टावर तथा अन्य सरकारी निकायको सुरक्षामा सेना खटिएका छन् ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी राजा...

हुन्डी कारोबारी गुप्ता जेल चलान

पर्सा । पर्सा जिल्ला अदालतले सङ्गठित रूपमा हुण्डीमार्फत कारोबार गर्ने वीरगञ्ज महानगर–१ बस्ने प्रशान्तकुमार गुप्तालाई सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि...

खाद्यान्नमा मिसावट गर्ने १९ व्यवसायीविरुद्ध मुद्दा दायर

बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित...

सक्रिय प्रहरी : चार दिनमा दुई सय २६ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण का...

गुण्डागर्दीको आरोपमा सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

काठमाडौँ । गुण्डागर्दीको आरोपमा सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । पटक पटक पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

२०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोप...