भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै
काठमाण्डौँ । भरतपुर विमानस्थलबाट काठमाडौंँ र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट यहाँ इन्धन भर्न पाउने भएका छन्। नेपाल आयल निगमले यही फागुन ६ गतेबाट यहाँ इन्धन भर्न मिल्ने गरी तयारी अघि बढाएको हो । निगमका प्रवक्ता उपनिर्देशक मनोजकुमार ठाकुरले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी काम अघि बढाइएको बताए ।
उनले भने, “यही फागुन ६ गतेबाट रिफिलिङ् गर्ने गरी काम भइरहेको छ । डिपो स्टेशन स्थापनाका लागि दुई थान रिफ्युलर र एक थान मोबाइल डिस्पेन्सरको व्यवस्था गरिएको छ । दिगो रूपमा काम गर्न भने छ महिनादेखि एक वर्ष लाग्ने छ ।” जमिनमुनि वा माथि ट्याङ्की राखेर काम गर्नका लागि समय लाग्ने भए पनि तत्काल इन्धन जहाजमा भर्ने व्यवस्था मिलाउन समय नलाग्ने उहाँले बताउनुभयो । निगमले यहाँ ३० किलोलिटर इन्धन भण्डारण र व्यवस्थापनका लागि रु चारदेखि पाँच करोड खर्च हुने जनाएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले प्राधिकरणसँग जग्गा सम्झौता भएको र बाँकी सबै काम निगमले गर्ने बताउनुभयो। यस कार्यबाट त्यस क्षेत्रमा उडान भर्ने जहाज लाभान्वित हुने बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
६४ अंकले बढ्यो शेयर बजार, २१ अर्बको कारोबार
काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक ६४.६७ अंकले बढेको छ । निर्वाचनपछि विस्तारै उकालो लाग्न थालेको शेयर बजार बिहीबार २.२९ प्रतिशतले बढेसँगै २८७७.०२ अंकमा पुगेर बन्द भएको छ ।
५ करोड ६९ लाख २० हजार ६ सय ८ कित्ता शेयर किनबेच हुँदा...
आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ प...
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
कास्की । कास्कीको पोखरा महानगरपालिका-३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना विसं २०७८ मङ्सिरमा सुरु भएको हो।
नेपाल व...
नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार
काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक १०.६६ अंकले घटेर २६१५.०३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२९ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ७८ लाखको सेयर कारोबार भएको छ । आज ६३ कम्पनीको सेयर मूल...
मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैया...
विदेशी मुद्राको विनिमयदरः डलर, युरो र पाउण्डको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको विनिमयदर उच्च कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर...



