शनिबार, ०२ साउन २०८३
नेपाली

भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै

Main News Image

काठमाण्डौँ । भरतपुर विमानस्थलबाट काठमाडौंँ र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट यहाँ इन्धन भर्न पाउने भएका छन्। नेपाल आयल निगमले यही फागुन ६ गतेबाट यहाँ इन्धन भर्न मिल्ने गरी तयारी अघि बढाएको हो । निगमका प्रवक्ता उपनिर्देशक मनोजकुमार ठाकुरले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी काम अघि बढाइएको बताए । 

उनले भने, “यही फागुन ६ गतेबाट रिफिलिङ् गर्ने गरी काम भइरहेको छ । डिपो स्टेशन स्थापनाका लागि दुई थान रिफ्युलर र एक थान मोबाइल डिस्पेन्सरको व्यवस्था गरिएको छ । दिगो रूपमा काम गर्न भने छ महिनादेखि एक वर्ष लाग्ने छ ।” जमिनमुनि वा माथि ट्याङ्की राखेर काम गर्नका लागि समय लाग्ने भए पनि तत्काल इन्धन जहाजमा भर्ने व्यवस्था मिलाउन  समय नलाग्ने उहाँले बताउनुभयो । निगमले यहाँ ३० किलोलिटर इन्धन भण्डारण र व्यवस्थापनका लागि रु चारदेखि पाँच करोड खर्च हुने जनाएको छ । 

नेपाल नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले प्राधिकरणसँग जग्गा सम्झौता भएको र बाँकी सबै काम निगमले गर्ने बताउनुभयो। यस कार्यबाट त्यस क्षेत्रमा उडान भर्ने जहाज लाभान्वित हुने बताए । 

mediabaaji add

सम्बन्धित खबर

नेप्सेमा २७.१९ अंकको वृद्धि, ११ अर्ब ५८ करोड माथिको कारोबार

काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक २७.१९ अंकले बढेर २७०८.७० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाखको सेयर कारोबार भएको छ । आज २०१ कम्पनीको सेयर म...

एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणमा जारी गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्काशन गरिरहेको हो ।

यस कम्...

सर्लाहीमा आन्दोलित उखु किसान र उद्योगीबीच ४ बुँदे सहमति, एक महिना भित्र भुक्तानी पाउने

सर्लाही । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको बक्यौता माग गर्दै धर्नामा बसेका किसान र उद्योग पक्षबीच चार बुँदे सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको पहलमा जिल्ला प्रशासन कार्...

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सु...

कान्छारामसहित ९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

काठमाण्डौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि सहित ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयअन्तर्गत...

शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१...