निर्वाचनमा परिचालित हुन रणनीति बनाउँदै सशस्त्र प्रहरी
काठमाडौँ । सशस्त्र प्रहरीले निर्वाचन सुरक्षाका लागि हेडक्वार्टरदेखि गुल्मसम्म रणनीति बनाएर परिचालन हुने जनाएको छ । सशस्त्र प्रहरी बल प्रधानकार्यालयमा केन्द्रीय कमाण्ड स्थापना गर्दै गुल्मसम्म समन्वय गरेर परिचालन हुने जनाएको हो । सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तयार पारेको र यसका लागि सबै जिल्ला, तह र इलाका तथा बीओपीहरुलाई हाइअलर्टमा राखेको जनाएको छ ।
खासगरी सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्रले सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर परिचालन भैरहेको र सीमा गस्ती बढाइएको जनाएको छ । सबै निर्वाचन क्षेत्रमा तोकिएको जिम्मेवारीमा परिचालन गरिने, निर्वाचन सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रहि अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालन गर्ने, निर्वाचन सुरक्षा अनुशिक्षण तालिमसम्बन्धी पाठ्यक्रम तयार गरि निर्वाचनमा खटिनुपूर्व सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिन लागिएको सशस्त्रले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बेपत्ता पुष्पाको शव नदि किनारमा फेला
सल्यान । सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेत बोटेचौर क्षेत्रस्थित नदि किनारमा शव फेला परेको हो । यहि फागुन ८ गते बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडास्थित भेरी नद...
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर...
स्रोत नखुलेको १५ लाखसहित चार जना प्रहरी नियन्त्रणमा
रामेछाप । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोष्ट प्रहरीले स्रोत नखुलेको रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेकामध्ये एक जना चिनियाँ नागरिक पनि रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन...
क्यानडा पठाइदिन्छु भन्दै २७ लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौँ । क्यानडामा आकर्षक तलबमा काम गर्न पठाइदिन्छु भन्दै प्रलोभनमा पारेर रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्त नगरपालिका–१८ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ९ बस्ने ५१ वर्षीय गीत...
‘नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र ट्राफिक अग्रपङ्क्तिमा’
काठमाडौँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी सीडीओ ईश्वरराज पौडेलले नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी अग्रपङ्क्तिमा रहेको बताएका छन् । सोमबार उपत्यका ट्राफिक प्रहरीलाई म्याजिक लाइट हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सडक सुरक्षा, यात्...
सभामुख अर्यालको सवारी साधनद्वारा ट्राफिक नियम उल्लंघन, जरिवाना काटियो
काठमाडौँ । ट्राफिक नियम उल्लंघन गरेको घटनामा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद डीपी अर्याल कारबाहीमा परेका छन् । थापाथली चोकमा लेन मिच्दै अघि बढेको उनको सवारी सिंहदरबार प्रवेश गरेपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो ।
उपत्यका प...



