के तपाई विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? जान्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०९ रुपैयाँ २१ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८६ पैसा र बिक्रीदर २१ रुपैयाँ ९५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ५१ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५९ पैसा , ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ७२ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
विनिमयदर , डलर र युरोको मूल्य स्थिर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम गरिएको...
ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने
काठमाडौँ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन तेल भण्डारबाट तेल तुरुन्तै बजारमा पठाउने जनाएको छ । विश्व बजारमा देखिएको अस्थिरता कम गर्न यस्तो कदम चालिएको जनाइएको छ । एजेन्सीद्वारा आइतबार ज...
सोमबारका लागि निर्धारण गरिएको यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरि...
नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५२ करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ८७ लाखको सेयर कारोबार भएको छ । आज ४३ कम्पनीको सेयर मूल...
नेपाल राष्ट्र बैंकले आज एक खर्ब निक्षेप संकलन गर्दै, ब्याजदर बोलकबोलबाट तय हुने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अत्यधिक तरलता नगद व्यवस्थापन गर्न आज रु एक खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै ८३ दिनको परिपक्व अवधि रहने गरी निक्षेप संकलन...
नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्र
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ का नौ महिनामा सरकारले करिब ५४ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका निम्ति सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये चैतसम्म सरकारले १० खर्ब ५९ अर्ब बजेट खर्च गरेको अर्थ मन्त्रालयअ...



