अरनिको राजमार्ग असार २२ देखि १५ दिन राति बन्द गरिने
काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन यही असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ । जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ देखि आउँदो साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारीसाधन आवागमन बन्द गरिने जनाएको हो ।
उक्त सडकखण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लिखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई प्रवेशमा पूर्णतः निषेध गरिनेछ। अरू यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई बेलुका ७ देखि बिहान ५ बजेसम्म मात्र प्रवेशमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।
समितिले सडक निर्माणलाई सहजीकरणका निम्ति यात्रु तथा मालवाहक सवारीसाधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गर्ने समेत जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
देशभर मनसुनी वायुको प्रभाव : कोशी, बागमती र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित छ ।
यसका कारण कोशी, मधेस र बागमती प्रदेश लगायत अन्य हिमाली तथा पह...
मनसुन थप प्रदेशमा विस्तार हुँदै
काठमाडौँ । नेपालमा मनसुनी वायु क्रमशः देशभर विस्तार हुने क्रममा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्रका साथै गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनको प्रभाव परिसकेको छ भने...
मौसम : तराईमा हुस्सु लाग्ने,पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ । देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भू–भागका धेरै स...
एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा कुल सात हजार ६४८ वटा विपद्का घटना हुँदा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन् । कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधा...
कोशी, बागमती र गण्डकी सहित धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी र गर्मी
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र देशको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । यसका कारण कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली भई कोशी र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर...
मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान
काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसा...



