आजदेखि म्यादी प्रहरीमा आवदेन दिन पाइने
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीको मानवस्रोत विकास विभागले बिहीबार सूचना जारी गर्दै निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गरिने जनाएको हो। निर्वाचन प्रहरी बन्न इच्छुक व्यक्तिले आजदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
दरखास्त बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिने सूचनामा उल्लेख छ । सार्वजनिक बिदाका दिनमा समेत आवेदन स्वीकार गरिनेछ ।
निर्वाचन प्रहरीको छनोट प्रक्रिया प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रत्येक जिल्लामा गठन हुने, सुरक्षा निकायका प्रतिनिधि सम्मिलित समितिमार्फत सञ्चालन गरिनेछ । यसअघि ‘म्यादी प्रहरी’ भनिँदै आएको यस सेवालाई यसपटक पहिलोपटक औपचारिक रूपमा ‘निर्वाचन प्रहरी’ नामाकरण गरिएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा
रामेछाप । रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । शनिबार बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको उक्त राजमार्ग सोमबार साँझबाट सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बगाएको स्थानमा पुनः अस्थ...
देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, तराईमा अत्यधिक गर्मी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ भने तराईका भ...
मंगलबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भागमा साधारणतया बादल लाग्ने छ ।
गण्डकी,...
यस्तो छ आजको मौसम : कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
काठमाण्डौँ । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकीका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रह...
यी स्थानमा आज मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ। साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा...
हिमपातसँगै वर्षा हुने चिसो अत्यधिक बढ्ने
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ ।...



