बुधबार, २४ भदौ २०८३
नेपाली

ओली समूहमा अर्को विद्रोह : रघुजी पन्तले छाडे साथ

Main News Image

काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले ११औँ महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् । पन्तले अध्यक्ष केपी शर्मा ओलीको समूह छाडी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । उपाध्यक्ष पदमा उम्मेदवारी दिन मनोनयन फारम लिइसकेको उनको भनाइ छ । ओली समूहबाट उपाध्यक्षमा रामबहादुर थापा, प्रदीप ज्ञवाली, विष्णु पौडेल, गुरु बराल र पृथ्वी सुब्बा गुरुङको नाम टुङ्गो लागेको छ।

तर ज्ञवाली महासचिव पदमै उठ्ने अडानमा रहेका कारण रघुजी पन्तले ईश्वर पोखरेल पक्षबाट उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।

mediabaaji add

सम्बन्धित खबर

राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख बढीले गराए मतदाता नामावली दर्ता

काठमाडौँ । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । यो सङ्ख्या मङ्सिर १ गते राति ९ः३० बजे सम्मको हो । निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख ११ हजार ४१५ जनाले नाम दर्ता गराएका छन् । यो...

सभामुखमा डिपी अर्याल निर्विरोध

काठमाडौँ । प्रतिनिधि सभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डिपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो । निर्धारित समयमा अर्यालको एक...

रास्वपाले सात जनालाई केन्द्रीय समितिमा मनोनयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अन्य दलबाट आएका रञ्जु दर्शना सहित सात जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । आइतबार केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुत...

सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनका भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका अनुस...

चुनावी मैदानमा हाम्रो लागि कोही पनि दुश्मन छैनन् : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टी देश परिवर्तनको संकल्पमा रहेको बताएका छन्। शुक्रबार पोखरामा आयोजित चुनावी सभामा उनले चुनावी प्रतिस्पर्धालाई दुश्मनीको रूपमा नलिन सबैलाई आह्वान गरे ।

शर्माले भने,हामी देशला...

भेटघाटमा ओली, देश विकासका लागि विश्राम नलिन मतदाताको आग्रह

झापा । झापा कमल गाउँपालिकाका बासिन्दाहरुले आफुहरु बहक्याउने होइन, देश बनाउने नेतालाई रोज्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले झापा ५ चेतनशिल नागरिक भएको ठाउँ भएकाले यहाँ कोहीपनि बहकिने मत...