बिहिबार, ३२ असार २०८३
नेपाली

क्रान्तिकारी युवा संघ नेपालद्वारा निर्वाचन वहिष्कार गर्ने घोषणा

Main News Image

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टीसहित ६ दलले गर्ने संयुक्त निर्वाचन वहिस्कार कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालले सहभागिता हुने जनाएको छ । आइतबार राजधानीमा संगठनले पत्रकार सम्मेलन गरी नेपाल सरकारसमक्ष पेस गरेको ४३ बुँदे माग पत्र सार्वजनिकसमेत गरेको हो। संघका संयोजक सूर्य तिमल्सिनाले जेनजी बिद्रोले दिएका म्याण्डेटलाई वेवास्ता गरि गरिने निर्वाचनलाई आफूहरुले सशक्त बहिस्कार गर्ने चेतावनी दिए ।

तिमल्सिनाले हाल पुष २५ गते युवा तथा खेलकुदमन्त्री बब्लु गप्तामार्फत नेपाल सरकारलाई राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको विषयमा ४३ बुँदे माग पत्र पेस गरेको बताए । ‘पछिल्लो समयमा देशको राष्ट्रिय स्वाधीनता तथा जनताको स्वतन्त्रता कुण्ठित हुन लागेको छ त्यसको निकासका लागि सरकारलाई ध्यानाकर्षण गराएका छौं, सरकारले हाम्र माग सम्बोधन नगरे निकट भविष्यमा कडा संघर्ष गर्नेछौं’ तिमल्सिनाले भने । १३ दिन हिरासत बसेर भरखरै रिहा भएका संघका सचिवालय सदस्य शंकर शाहीले आफूलाई विनाकारण राज्यले पक्राउ गरेको भन्दै रोश व्यक्त गरे ।


mediabaaji add

सम्बन्धित खबर

शिक्षामन्त्री महावीर पुनको स्पष्टोक्ति-कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यक्तिगत र पार्टीको स्वार्थको लागि अयोग्य व्यक्तिलाई उच्च पदमा नियुक्त गरेकाले नै कुशासन र भ्रष्टाचार चरम बिन्दुमा पुगेर जेन(जी बिष्फोट भएको बताएका छन् । आइतब...

रविलाई अर्को राहात : थुनामा राख्नुपर्ने माग उच्च अदालत पाटनद्वारा अस्वीकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत काठमाडौँको आदेश उच्च अदालत पाटनले सदर गरेको छ। उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र दिपककुमार खरेलको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो...

कांग्रेस पार्टी फुट्न लागेको सभापति देउवाले नै स्वीकार गरे

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी विभाजन हुन लागेको कुरा स्वीकार गरेका छन् । कांग्रेभित्रको विवाद समाधान गर्नका लागि सभापतिको ध्यानाकर्षण गराउन पुगेका २५ केन्द्रीय सदस्यहरूसँगको भेटमा देउवाले यस्तो स्वीकार गरेका हु...

पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध अख्तियार दुरुपयोग अन्सन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गर्ने भएको छ । मुद्दा दर्ता गर्नका लागि आयोगको टोली विशेष अदालतमा पुगेको छ । महराविरुद्ध विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोग...

प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की मोरङलाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय ग...

प्रधानमन्त्री कार्कीको सेनालाई निर्देशन : चुनावमा एक जना पनि घाइते नहोस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा ुएक थोपा पनि रगत नबग्ने र एक जना पनि घाइते नहुनेु सुनिश्चित गर्दै काम गर्न नेपाली सेनालाई निर्देशन दिएकी छन् । उनले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्...