शनिबार, ०२ साउन २०८३
नेपाली

युवाहरूको सपना पूरा गर्ने वातावरण नेपालमै बनाउनुपर्छ : कुलमान घिसिङ

Main News Image

काठमाडौँ । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय घर निर्माण फेस्टमा बोल्दै उनले नेपाली युवाहरूलाई देशमै अवसर सिर्जना गर्न आवश्यक भएको बताएका हुन् । मन्त्री घिसिङले भने, ‘नेपालमा हामी चाहेको कुरा सबै गर्न सक्छौं। यहाँ नै स्वर्ग छ। नेपालमै उत्पादन हुने लोकल मटेरियलबाट घर बनाउन सके हाम्रो अनुसन्धान र पैसा नेपालमै रहन्छ। नेपालमै घर र गाडी जोड्न सक्ने वातावरण सरकारले बनाए भने युवाहरू विदेश जाँदैनन् ।’

यसैगरी उनले नेपाली युवाको सपना एउटा सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य भएकोले त्यसमा राज्यले बेसिक नीतिका रूपमा ऋण र सहुलियत प्रदान गर्नुपर्ने बताए। उनले भने, ‘नेपाली युवाको सपना एउटा सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य हो। यदि सरकारले बेसिक नीतिका रूपमा ऋण र सहुलियत प्रदान गरी यस्तो वातावरण तयार पार्छ भने सबै युवा नेपालमै बस्ने सम्भावना हुन्छ ।’

यसैगरी उनले आउँदै गरेको चुनावमा सही व्यक्ति चुनेर पठाउन समेत अनुरोध गरे। उनले राजनीतिक नेतृत्वमा सही व्यक्ति नआएसम्म देश विकास, समृद्धि र सुशासनको विषय ओझेलमा पर्ने बताए ।


mediabaaji add

सम्बन्धित खबर

आयोगले भन्यो : मतदाता नामावली संकलनमा अनधिकृत व्यक्तिको पहुँच छैन

काठमाडौँ । निर्वाचन आयोगको मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच बढेको भन्ने हल्लामा सत्यता नरहेको बताएको छ । सामाजिक सञ्जालमा अनधिकृत व्यक्तिको पहुँच बढेको बहस सुरु भएसँगै आयोगले प्रष्टिकरण दिएको हो । आयोगले सोमबार...

माग सम्बोधन भए सरकारसँगको वार्ता तोड्छौँ : दुर्गा प्रसाईं

काठमाडौँ । अभियान संयोजक दुर्गा प्रसाईंले आफ्ना माग सरकारले सम्बोधन नगरे वार्ता तोडेर आन्दोलनमा जाने चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मागबारे सरकारलाई औपचारिक जानकारी गराइसकिएको भन्दै समानबिचार भएकाहरू एकजुट भएर दबाब द...

देउवा, ओली र प्रचण्डको सुरक्षा फेरि बढाइँदै, पछुवा गाडी दिने तयारी

काठमाण्डौँ । सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा पुनः बढाउने तयारी गरेको छ । आगामी चुनावलाई लक्षित गर्दै उनीहरूलाई पछुवा गाडीसहित थप सुरक्षा दिने गृह मन्त्रालयको योजना छ ।

पुस ८...

चार राजदूतको राजीनामा स्वीकृत

काठमाडौँ । सरकारले फिर्ता बोलाएका राजदूतहरूले दिएको राजीनामा स्वीकृत भएको छ। सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतमध्ये चार जनाले राजीनामा दिएका थिए । उनीहरूको राजीनामा परराष्ट्रमन्त्री समेत रहेकी प्रधा...

सरकारले उचित वातावरण बनाए निर्वाचनमा सहभागी हुन्छौं : कावा सभापति खड्का

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताएका छन् । सुर्खेतमा आज आयोजित त्यहाँका पूर्वपार्टी सभापति गोविन्दबहादुर मल्लको १३औं पुण...

गुल्मी–१ मा सागर ढकाल विजयी, प्रदीप ज्ञवाली पराजित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सागर ढकाल फराकिलो मतान्तरसहित विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार, ढकालले २९ हजार ६४२ मत प्राप्त गरेका छन् । उनका निकटतम...