बिहिबार, ३२ असार २०८३
नेपाली

कांग्रेस सभापति गगन थापालाई हराउँदै सर्लाही-४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी

Main News Image

सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विजयी भएका छन्। दुवै क्षेत्रमा रास्वपाले उल्लेखनीय मतान्तरसहित जित हात पारेको हो । सर्लाही ३ मा रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार ४६ हजार ८९० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नारायणकाजी श्रेष्ठ ले १३ हजार ३३८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेपाली काँग्रेसका विनोद कुमार खनाल ले ६ हजार ६२४ मत र नेकपा एमालेका हरि प्रसाद उप्रेती ले ५ हजार ७७६ मत प्राप्त गरेका छन्।यस्तै, सर्लाही ४ मा पनि रास्वपाका उम्मेदवार डा। अमरेश कुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन् । सिंहले थापालाई १२८५७ मतले हराएका छन् ।


mediabaaji add

सम्बन्धित खबर

२० वटा ऐन संशोधनको तयारी, कानुन मन्त्रालयद्वारा सर्वसाधारणसँग राय र सुझावको आह्वान

काठमाडौ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा विधायन ऐन, २०८१’ मा सर्वसाधारणसमक्ष राय, सुझाव माग गरेको छ .

मन्त्रालयले देशमा प्रचलित विभिन्न २० वटा महत्त्वपूर्ण ऐनहरूको संशोधन प्रस्...

नयाँ अध्यादेशसँगै हितेन्द्रदेव शाक्यसहित १० पदाधिकारी पदमुक्त

काठमाडौँ । सरकारले हालै जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ बमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका विभिन्न निकायमा कार्यरत १० जना उच्च पदाधिकारीहरू आजबाट स्वतः पदमुक्त भएका छन् ।

मन्त्र...

जसपाका मधेस प्रदेशका सांसद सरोज कुमार सिंह पुनः पक्राउ, विशेष अदालतमा मुद्दा दर्ता

सर्लाही । जनता समाजवादी पार्टी जसपा नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन्। सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा आयोगले उनलाई बिहीबार साँझ काठमाडौं महानगरपालिका–१०, रत्नराज्य स्कुल नजिकैबाट पक्राउ गरेको...

झापा ५ मा ओलीले आज चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने

काठमाण्डौँ । एमालेका अध्यक्ष एवं झापा ५ का उम्मेदवार केपी शर्मा ओलीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै छन् । आफ्नो क्षेत्रका व्यस्थ ओलीले मंगलबार दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चोकमा प्रतिवद्धता पत्र सार्वजनिक गर्ने तयारी रहेका हुन् । ...

एमाले सचिवालय बैठकले सच्यायो योगेश भट्टराईको वरीयता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठकले उपमहासचिव योगेश भट्टराईको वरीयताक्रम सच्याएको छ । अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई तीन जना उपमहासचिवहरूमध्ये तेस्रो नम्बरमा राख्ने गरी प्रस्ताव गरे पनि सचिवालय बैठकले त्यसलाई परिमार्जन ग...

प्रधानमन्त्री बालेनले गृहमन्त्री गुरूङसँग लिए लिखित स्पष्टीकरण

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री सुधन गुरूङसँग लिखित स्पष्टीकरण लिएका छन् । सम्पत्ति विवरणमा सेयर खरिदसम्बन्धी विवरण नदेखिएको तथा सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’ जोडिएको भन्दै...