सोमबार, २९ भदौ २०८३
नेपाली

नेपालमा वायु प्रदूषणले सीमा नाघ्यो !

Main News Image

काठमाडौँ । नेपालमा वायु प्रदूषण फेरि उच्च बनेको छ । काठमाडौँलगायत देशका विभिन्न भेगमा सुक्खा, खडेरी र डढेलो बढेसँगै वायु प्रदूषण उच्च बनेको हो । मङ्गलबार बिहान मात्र काठमाडौँमा बाहिर निस्केर सास फेर्न नमिल्ने गरी वायुको गुणस्तर अस्वस्थकर रेकर्ड भएको थियो ।

लामो समय राम्ररी वर्षा नहुँदा वायुमण्डलमा थिग्रिएर बसेका धुलोका कणसँगै नयाँ कण थपिँदा यहाँको वातावरण प्रदूषित बन्दै गएको हो । गत साता हल्का वर्षा हुँदा पानीसँगै खसेका धुलोका कण फेरि आकासिएर तल्लो वायुमण्डल धुमिल बनाएको देखिएको वातावरण विभागले जनाएको छ ।

वातावरण निरीक्षक प्रकाश केसीका अनुसार वायु प्रदूषण खतराको तहनजिक पुगेको हो । उनले भने, “अबका दिनमा डढेलोसँगै सहरी प्रदूषण बढेको खण्डमा खतराको तह पार गर्न सक्दैन भन्न सकिन्न ।” उनले भने जस्तै काठमाडौँको वातावरण केही दिनदेखि धुम्म र धुमिल छ । बदलीका कारण आकाश पूरा नखुलेकाले पनि तल्लो वायुमण्डलको प्रदूषणयुक्त वायु माथि जान नसकेको मौसमविद् सञ्जीव अधिकारी बताए ।


mediabaaji add

सम्बन्धित खबर

डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह

काठमाडौँ । जेनजेड आन्दोलनका नेता रवि किरण हमालले चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी २४औँ सत्याग्रहमा बस्नुअघि नै सरकारले तत्काल वार्ता गरी उनका जायज माग सम्बोधन गर्नुपर्ने बताएका छन् । लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकलाई पटक–पटक अन...

आइतबार ओपीडी सेवा दिन सम्भव छैन : चिकित्सक संघ

काठमाडौँ । नेपाल चिकित्सक संघले आइतबार ओपीडी सेवा सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने जनाएको छ । संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा अस्पतालहरूमा पर्याप्त जनशक्ति अभावका कारण सार्वजनिक बिदाका दि...

सरकारले डा. केसीसँग आज औपचारिक संवाद गर्ने

काठमाण्डौँ । सत्याग्रहमा बसिरहेका प्रा. डा. गोविन्द केसीसँग सरकारका प्रतिनिधिले आइतबरा औपचारिक संवाद गर्ने भएका छन् । शनिबार शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले डा. केसीसँग सहमतिका लागि अनौपचारिक संवाद भएको बताए । शिक्षा तथा खेलकुदम...

अझै खुलेन उपत्यकामा बादल, प्रदूषण झन् बढी, बन्यो विश्वकै तेस्रो प्रदूषित सहर

काठमाडौँ । काठमाडौँ उपत्यकामा चार दिनदेखि मौसम खुल्न सकेको छैन । धुम्म मौसमका कारणका चार दिनदेखि घामसमेत लाग्न सकेको छैन । साथै वायु प्रदूषण झन् बढेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महा...

झन् बढ्यो काठमाडौँमा प्रदूषण

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताउ...

काठमाडौं बन्यो विश्वको सातौं प्रदूषित सहर, पानी नपरेसम्म वायु प्रदूषण झनै बढ्ने सम्भावना

काठमाडौँ । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ । आज काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये...