बिहिबार, ३२ असार २०८३
नेपाली

निर्वाचनको मुखमा आरजु देउवा फेरी दिल्लीमा

Main News Image

काठमाडौँ । आसन्न २१ फागुनको निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि बुधबार सिंगापुर गएका छन् । सिंगापुर एयरलाइन्सको उडान नम्बर एसक्यू ४४१ बाट उनी राति ११ बजे सिंगापुरतर्फ लागेका हुन् । देउवा निर्वाचनअघि स्वदेश फर्किनेबारे यकिन छैन । यसअघि देउवा मतदान गर्न गृहजिल्ला जान सक्ने चर्चा थियो ।

‘स्वास्थ्यमा समस्या देखिएपछि उहाँ सिंगापुर जानुभएको जानकारी पाएको छु । तर, उहाँको फर्किने मितिबारे मलाई जानकारी छैन,’ कांग्रेस नेता एवं देउवाको गृहजिल्ला डडेल्धुराबाट कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नैनसिंह महरले नयाँ पत्रिकासँग भने । देउवासँग उनका स्वकीय सचिव भानु देउवा छन् । देउवापत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवा भने भारतमा छिन् ।

देउवा सिंगापुर उडेको विषयमा उनको सचिवालय र कांग्रेसको तर्फबाट औपचारिक जानकारी दिइएको छैन । तर, कांग्रेसभित्र भने यसलाई चासोपूर्वक हेरिएको छ । ‘पूर्वसभापतिज्यू निर्वाचनमा पार्टीका पक्षमा मत हाल्नुस् भनेर अपिल गर्ने मुडमा देखिनुभएको छैन, उहाँ मतदानका लागि डडेल्धुरा जाने कुरा पनि यकिन छैन,’ उनीनिकट अर्का कांग्रेस नेताले भने, ‘फागुन १९ मा फर्किने कि भन्ने कुरा पनि छ, तर टुंगो छैन ।’

mediabaaji add

सम्बन्धित खबर

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन्जी मुभमेन्ट नेपालको माग

काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते भएको आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलनमा भएका हत्या, आगजनी र हिंसात्मक...

केशव बडालले पनि त्यागे एमालेको सक्रिय राजनीति

काठमाडौँ । नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीका कुनै पनि पदमा नबस्ने घोषणा गरेका छन् । आइतबार सुरु भएको एमालेको बन्दसत्रमा उनले महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने निर्णय घोषणा गरेका हुन् । उन...

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौँ । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिन...

चुनाब फागुन २१ मा एकैदिन गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ । मंगलबार प्रधानमन्त्री सुशीला कार्कीले मौसम अनुकूल नभएमा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन हुन सक्ने बताएपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले त्यसो नगर्न सुझाव दिएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रमम...

शिक्षामन्त्री पुनको भनाइ : विदेश घुमेर अर्थतन्त्र बन्दैन

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले मन्त्री बनेपछि आएका पाँचवटै विदेश भ्रमणका निमन्त्रणा अस्वीकार गरेको बताएका छन् । देशको अर्थतन्त्र नसुधारेसम्म प्रगति सम्भव नभएको भन्दै उनले विदेश भ्रमणले अर्थतन्त्र नबन्ने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाबाट तीनवटा विधेयक टेबुल

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा तीनवटा विधेयक टेबुल गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा हर्कराज राईले राष्ट्रियसभामा उत्पति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विध...