आहा रारा पोखरा गोल्डकप माघ २७ देखि, १२ टिमबीच भिडन्त, विजेतालाई १२ लाख
पोखरा । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार २५औँ संस्करणको सो प्रतियोगितामा विदेशका तीन र नेपालका आठ गरी १२ टोलीले उपाधिका लागि प्रस्पिर्धा गर्नेछन् । अध्यक्ष थापाले प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको जनाउँदै च्याम्पियन टोलीले १४ लाख एक हजार, उपविजेताले रु सात लाख एक हजार पाउने बताए ।
गतवर्ष उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । “प्रतियोगिताको आकर्षण बढाउने उद्देश्यले यसवर्ष विगतको तुलनामा पुरस्कार बढाएका छौँ भने रात्रिकालीन फुटबलले यहाँको फुटबल माहोल बढाउने विश्वास छ”, थापाले भने ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टेलजी कम्पनीको इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउँदा, अनुशासित टोली, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्टाइकर, प्रशिक्षक र सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजारका साथमा ट्रफी पुरस्कार पाउने सहाराले जनाएको छ । यसैगरी हरेक म्याचमा ‘मेन अफ दि म्याच’ पुरस्कार रु १० हजार र ट्रफी रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
विश्वकप डिभिजन लिग–२ मा आज नेपाल र ओमान भिड्दै
काठमाण्डौँ । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग २ को सिरिज अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुदैछ । यो यस सिरिजको अन्तिम खेल हो । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साँढे ९ बजेदेखि शुरु हुदैछ । जारी सिरिजमा नेपालले युएईविरुद्धका दुवै...
स्कटल्यान्डविरुद्ध नेपाललाई ७ विकेटको जित
काठमाडौँ । टी–२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सात विकेटको जित हासिल गरेको छ । टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। नेपाललाई स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएकोमा नेपालले सात विकेटको जित निकालेको हो ।
स्कटल्य...
तेक्वान्दोका समर्पित योद्धा राम गिरी : तीन दशकको यात्रापछि संघको केन्द्रीय उपाध्यक्षमा आरोहण
काठमाण्डौँ । तेक्वान्दो खेलसँग जीवनको तीन दशकभन्दा बढी समय समर्पण गरेका युवा उद्यमी तथा समाजसेवी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनीत भएका छन् । संघको सौराहामा सम्पन्न पाँचौँ अधिवेशनपछि अध्यक्ष...
आईसीसीले स्कटल्यान्डलाई दियो मौका, बंगलादेश विश्वकपबाट बाहिर
काठमाडौँ । स्कटल्यान्ड आईसीसी टी–२० वरीयतामा १४औँ स्थानमा छ । र, अघिल्लो विश्वकपमा स्कटल्यान्डको प्रदर्शन राम्रो थियो । सन् २०२१ को विश्वकपमा स्कटल्यान्डले बंगलादेशलाई नै हराएको थियो । सोही प्रदर्शनका आधारमा स्कटल्यान्डलाई मौका दिइएको हो । स्कटल्य...
धुर्मुसलाई रंगशालाको भुक्तानी गर्न भरतपुर महानगरलाई कानुनी बाधा
चितवन । धुर्मुससुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ । संघीय सरकारले रु १५ करोड बजेट विनियोजन गरे...
टि -ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको नाम सार्वजनिक
काठमाडौँ । भारत र श्रीलंकामा माघ २५ देखि फागुन २४ गते २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले आजबाट तयारी सुरु गर्ने भएको छ । यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क...



