बुधबार, २४ भदौ २०८३
नेपाली

विचौलिया दिपक भट्टका साझेदार शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

Main News Image

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकार रहेको बेला सदाबहार शक्तिशाली रहेको बिचौलिया दिपक भट्टका व्यवसायिक साझेदार औद्योगिक समूह शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । यसअघि सम्पत्ति शुद्धीकरण कसुरमै पक्राउ परेका व्यवसायी भट्टसँगको कारोबारमा जोडिएको देखिएपछि अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीवार भट्टलाई पक्राउ गरेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा भट्टलाई पक्राउ गरी विभागलाई नै बुझाइदिएको थियो । उनलाई १० दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले विभागलाई म्याद दिएको छ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलको बैंक खाताबाट भट्टको खातामा शंकास्पद रकम जम्मा भएको देखिएको स्रोतले बतायो ।

विभागले भट्टसहितका अभियुक्तविरुद्ध पाँच अर्ब रुपैयाँभन्दा धेरै बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । हिमालयन रि–इन्स्योरेन्स र यसका सहायक कम्पनीबाट तीन अर्ब ८१ करोड रुपैयाँ दुरुपयोग गरी नेपाल रि–इन्स्योरेन्सलगायत कम्पनीको सेयर खरिद गरेको पुष्टि भएपछि विभागले भट्टविरुद्ध अनुसन्धान सुरु गरेको थियो ।


mediabaaji add

सम्बन्धित खबर

मधेस प्रहरीका घुमुवा तानिए छानबिनमा, तस्करीसँग जोडिएको आरोप

वीरगञ्ज । प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश प्रहरी मातहत कार्यरत ३१ जना घुमुवा प्रहरीलाई छानबिनका लागि तानेको छ । प्रधान कार्यालय, प्रशासन शाखाको पत्रपछि उनीहरूलाई केन्द्रमा बोलाइएको हो । स्रोतका अनुसार सीमा नाकामा हुने अवैध ओसारपसार व्यवस्थापन...

काठमाडौं उपत्यकामा एकै दिन दुई हजारभन्दा बढी सवारीचालक कारबाहीमा

काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने दुई हजार ७६ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरू...

बाघ गणनाको लागि राखिएका ६० क्यामेरा चोरी

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनाका लागि जडान गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार समस्याग्रस्त ८५ क्यामेरामध्ये ६० वटा हराएका छन् भने...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३औं महानिरीक्षक आईजीपीमा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। वैशाख १९ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

सशस्त...

सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा नं ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय र...

गेस्टहाउसमा यौनजन्य गतिविधि बढेपछि स्थानीयको प्रदर्शन

जनकपुरधाम । जनकपुरका गेस्टहाउसमा अनैतिक गतिविधि हुने गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । स्थानीयले अनैतिक क्रियाकलाप गराउने गेस्टहाउस तथा होटललाई कानुनी कारबाही गर्न माग गरेका छन् । जनक नगर सोसाईटी पिराडीले यौनजन्य...