बुधबार, ३१ असार २०८३
नेपाली

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट फिर्ता भयो सेना

Main News Image

काठमाडौँ ।  ‘जेनजी’ प्रदर्शनपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज स्थिति सामान्य हुँदै गएपछि ४१ स्थानबाट फिर्ता भएको छ । गत भदौ २३ र २४ को प्रदर्शनपछि उत्पन्न परिस्थितिमा उपत्यकाभित्र पाँच र उपत्यका बाहिर ५७ गरी कूल ६२ वटा कारागार तथा महत्त्वपूर्ण संरचनाको सुरक्षार्थ सेना खटिएको थियो ।

सुरक्षा चुनौतीलाई ध्यानमा राखी अझै पनि २१ स्थानमा फौज तैनाथ भइरहेको सेनाले जनाएको छ । प्रदर्शनबाट सिर्जित आगजनी, तोडफोड र दङ्गा जस्तो अप्ठ्यारो परिस्थितिमा छदेखि आठ घण्टाको तैनाथीमा उक्त अवस्था नियन्त्रणमा ल्याउन सफल भएको सेनाका उपरथी एवं युद्धकार्य महानिर्देशक अनुपजङ्ग थापाले जानकारी दिए । उनले भने, “अत्यन्त चुनौतीपूर्ण अवस्थामा शून्य मानवीय क्षतिका साथ शतप्रतिशत उद्धार गर्न सफल भएका छौँ । जसका कारण अत्यावश्यक सेवा तथा वस्तुको प्रवाहमा तत्कालै सहयोग पुगेको छ ।”

सिंहदरबारको मुख्य भवनमा आगजनी भए पनि सेनाको पहलबाट त्यहाँभित्रका रणनीतिक महत्त्वका कागजातको राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको ‘डाटा सेन्टर’ आगजनीबाट जोगाउन सफल भएको उपरथी थापाले जानकारी दिए । मुलुकको समग्र सुरक्षा अवस्थाको जिम्मेवारी सम्हालेपछि सेनाले सञ्चालनमा ल्याएको ‘हटलाइन’मा प्राप्त चोरी, लुटपाट र आगजनीजस्ता गुनासाको तत्काल सम्बोधन गरी सुरक्षाको प्रत्याभूति दिइएको सेनाले जनाएको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादीबीच एकता वार्ता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपा बीच शनिबार एकता वार्ता सम्पन्न भएको छ। वार्ता तत्कालीन नेकपा माओवादी केन्द्रको पेरिसडाँडा कार्यालयमा भएको हो । 

विशेष महाधिवेशन नगरी यथास्थितिमा रहनु आत्मघाती हुनेछ _अर्जुननरसिंह केसी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विशेष महाधिवेशन गरी नयाँ नेतृत्व र कार्यक्रमसहित फागुनको चुनावका लागि जनतामा जानुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा विचार लेख्दै नेता केसीले त्यसो नगरी यथास्थितिमा रहनु दुर्घटना र आ...

एमालेले दर्ता गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पाँच न्यायाधीशको इजलासले बुधबार सात दिनभित्र ल...

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

सुर्खेत । संघीयताको मर्मअनुरूप नेपालको संघीयता कार्यान्वयन नहुँदा प्रदेश सरकारहरू संघीय सरकारको इकाई जस्तै देखिएको सरोकारवालाले बताएका छन् । शनिबारदेखि सुरु भएको कर्णाली उत्सव ‘कुडा कर्नालीका‘’ सातौँ संस्करणको ‘शक्तिको सोपान बाँडफाँडदेखि विकाससम्म...

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि रासससँगको कुराकानीमा उहाँले सरका...

निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा संयन्त्र परिचालित

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् । अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षासम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरी सोही आधारमा सुरक्षा संयन्त्...