आठ दलीय वाम एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी, चुनाव चिन्ह पाँचकुने तारा
काठमाडौँ । नेकपा माओवादी केन्द्र राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र यसको चुनाव चिह्न पाँच कुने तारा हुने निर्णय गरेको नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
उनले भने, ‘नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते हुनेछ। जसमा महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू सबै दलले आपसी सहमति र समझारीमा कायम गर्नेछन्’, उनले भने, ‘नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी राखिएको छ। यसको चुनाव चिह्न पाँच कुने तारा हुनेछ।’ सापकोटाले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुका साथै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता रहेको बताए।
‘लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता हो,’ उनले भने। उनले नयाँ पार्टीको एकता राष्ट्रिय महाधिवेशन ६ महिनाभित्र गरिने पनि जानकारी दिए। ‘केन्द्रीय समिति गठन आपसी सहमतिका आधारमा गठन गरिने छ। केन्द्रीय समितिमा संयोजक र सह–संयोजक पद हुनेछ’, उनले भने, ‘तलैसम्म, टोलैसम्म संयोजक र सहसंयोजकको व्यवस्था गरिएको छ।’
एक्सप्रेस
सम्बन्धित खबर
पूर्वगृहमन्त्री गुरुङ छानबिन सकियो, प्रतिवेदन तयार पार्न समितिले माग्यो ५ दिन
काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो अनुसन्धानको मुख्य काम सकेको छ । तोकिएको समयसीमा सोमबार सकिए पनि प्रतिवेदनलाई पूर्णता दिन समितिले सरकारसँग थप ५ दिनको समय माग गरेको छ ।
समितिका अनुसार गुरुङको...
दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव तथा पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटासहितका सामाजिक सञ्जालहरू पुनः बन्द गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा उनल...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।
बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालय, उ...
देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छः मन्त्री खरेल
चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको आज निरीक्षणपछि कुरा गर्ने क्रममा उनले अहिले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरु...
मेरो कर्तव्य पूरा भयो, धेरै खुशी छु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि आफ्नो कर्तव्य पूरा भएको बताएकी छन् । यो निर्वाचन पछिल्ला केही महिनादेखि जारी राजनीतिक अस्थिरतापछि भइरहेको हो। गत सेप्टेम्बरमा भएको ‘जेनजी आन्दोलन’ पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वक...
सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख
सर्लाही । सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजाको नाममा झन्डै सत्र लाख रुपैयाँ खर्च भएको खुलासा भएको छ । महालेखा परीक्षकको ६२औं प्रतिवेदनले पालिकाले आर्थिक वर्ष २०८०/०८१ मा विविध खर्च शीर्षकमा अत्यधिक रकम खर्च गरी...



