विपिनको मृत्यु पुष्टि भएपछि खाली हात स्वदेश फर्किए आमा र बहिनी
काठमाण्डौँ । हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको निधन पुष्टि भएपछि उनलाई खोज्दै अमेरिका पुगेका उनकी आमा र बहिनी आज बिहान स्वदेश फर्किएका छन् । विपिनको सकुशल उद्धारको आशामा अमेरिका गएका परिवारका सदस्यहरू उनलाई जिवितै फर्काउने अपेक्षा राखेका थिए । तर, इजरायल–हमास युद्धका क्रममा हराएका विपिनको मृत्यु पुष्टि भएपछि उनीहरू खाली हात फर्कनुपरेको हो ।
कतार एयरवेजको विमानमार्फत उनीहरू आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। विमानस्थलमा पारिवारिक सदस्यहरू तथा आफन्तहरूले उनीहरूलाई भावुक रूपमा स्वागत गरेका थिए ।
२०७८ सालमा इजरायल पुगेका २२ वर्षीय विपिन जोशी गत वर्ष अक्टोबरमा हमासको आक्रमणमा परेपछि बेपत्ता भएका थिए । उनीसँगै अन्य केही नेपाली विद्यार्थीहरू पनि सो आक्रमणमा मारिएका थिए । सरकारले विपिनको मृत्यु पुष्टि गरे पनि उनको शव फेला परेको छैन । शव ल्याउने वा अन्तिम श्रद्धाञ्जली दिन नपाएका परिवार अझै पनि मर्माहत छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
पत्रकार महासंघ दक्षिण कोरिया शाखाले ‘मन्त्री जगदीश खरेलसँग नेपाली समुदायसँग साक्षात्कार कार्यक्रम’ आयोजना गर्ने
काठमाडौँ,कात्तिक २२।दक्षिण कोरिया नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेल आगामी साता दक्षिण कोरिया भ्रमणमा आउदै छन्। मन्त्री खरेलको यो भ्रमणलाई ऐतिहासिक अवसरको रूपमा लिँदै नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले ‘मन्त्री...
नदीमा जिप खस्दा तीन जनाको मृत्यु
कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका(४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको...
खासा क्षेत्रमा भीषण आगलागी, तातोपानी नाका आजदेखि पूर्ण रूपमा बन्द
काठमाडौँ । चीनको न्यालम खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ । आइतबार र...
गौरबाट छुटेको बससहित तीन साधन ठोक्किँदा ३३ जना घाइते
रौतहट । रौतहटको गौरबाट छुटेको यात्रु बाहक बससहित तीन सवारी साधन ठोक्किदा ३३ जना घाइते भएका छन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँएको हो । भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ईट्टा लोड गरेर...
बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु
बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेर तीन ज...
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही...



