सोमबार, १५ भदौ २०८३
नेपाली

ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसीबाट ओरालो लाग्यो, उच्च सतर्कता अपनाउन अपिल

Main News Image

काठमाडौँ । चीनको तिब्बतस्थित छोचेन खोला र नेपालको पुरेपु त्साङ्पो नदीको संगमस्थल नजिकै थुनिएर बनेको प्राकृतिक ताल फुटेपछिको भीषण बाढी रसुवाको स्याफ्रुबेसीबाट ओरालो लागेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो १२ बजेर ३१ मिनेट जाँदा भोटेकोशी नदीमा आएको उक्त बाढी स्याफ्रुबेसी पुगेको पुष्टि भएको हो।

बाढीको जोखिमलाई ध्यानमा राख्दै स्याफ्रुबेसी, धुञ्चे, बेट्रावती, विदुर, गल्छी हुँदै मुग्लिनसम्मका त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई अर्को सूचना नआएसम्म उच्च सतर्कताका साथ तत्कालै सुरक्षित तथा अग्लो स्थानमा रहन अनुरोध गरिएको छ।

यसअघि नै चीनतर्फ थुनिएको ताल फुटेको पुष्टि भएपछि नुवाकोट र रसुवा प्रशासन तथा प्रहरीले तटीय बस्तीहरूमा माइकिङ गर्दै मानिसहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिसकेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । वि।सं। २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको सम्झनामा आज दिवस मनाउन लाग...

आजबाट सुकुम्वासीलाई खाना बन्द, होल्डिङ सेन्टर छाड्नुपर्ने

काठमाडौँ । उपत्यकाका नदीखोला किनारका सुकुम्बासीलाई उपलब्ध गराएको खाने व्यवस्था आज मंगलबारबाट रोकिएको छ । बागमती सभ्यता एकिकतृ विकास समितिले हिजो सम्मको बिल भर्पाइ पेस गर्दै अब उप्रान्त खाना र केही दिनपछि वासस्थानको व्यवस्था रोक्न लागेको हो । ...

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको च...

रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता

दोलखा । रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। सात जना अझै बेपत्ता छन् । पाँचै जनालाई यलुङरी हिमालको आधार शिव...

आज चैते दशैंको घटस्थापना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दशैंको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको स...

एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक आज बस्दै

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि गठन भएपछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै छ । डिसेम्बर ५ तारिख शुक्रवार बिहान ९ बजे बैठक बस्ने जनाइएको छ । गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका...