भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा
काठमाडौँ । भोटेकोशी बाढीपछि अवरुद्ध बनेको मुग्लिङ–काठमाडौं सडकखण्ड आज शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ । धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने एकतर्फी यातायात मात्र सञ्चालन भइरहेको छ ।
बाढीपहिरोको जोखिम बढेपछि नागढुंगा–मुग्लिङ सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो । लेदोका कारण अवरुद्ध भएका विभिन्न स्थानमा सफाइ भएपछि सडक सञ्चालनमा ल्याइएको हो । पछिल्लो समय बाढीपहिरोको जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नयाँ प्रणाली लागू गरिँदै, असार २४ देखि २६ गतेसम्म राहदानी सेवा प्रभावित हुने
काठमाडौँ । राहदानी विभागले राहदानी जारी गर्ने प्रणालीलाई स्तरोन्नति गर्दै नयाँ प्रविधि लागू गर्ने तयारी गरेको छ। प्रणाली परिवर्तनका कारण केही दिनका लागि देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहद...
काठमाडौं महानगरद्वारा १०७ विद्यालय खारेज गर्ने तयारी, सम्पर्कमा आउन १५ दिने अल्टिमेटम
काठमाडौँ । काठमाडौं महानगरपालिकाले भौतिक रुपमा सञ्चालनमा नरहेका एकसय सातवटा विद्यालय खारेज गर्ने तयारी गरेको छ । मंगलबार सूचना पकाशित गर्दै महानगरले यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क गर्न अल्टिमेटम दिएको छ । काठमाडौं महानगरपालिक...
नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ । उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र गर्न राति...
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव कायमै रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । यसका कारण अहिले देशभर साधारणतया बदली रही कोशी र गण्डकी प्रदेशका केही स्थान, बागमती र कर्णालीका थोरै स्थान तथा मधेश र सुदूरपश्चिमका एक(दुई...
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको...
वैशाख १८ देखि काठमाडौंभरका सुकुम्वासी बस्तीमा डोजर चल्ने
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारका अनधिकृत, जोखिमपूर्ण बस्तीहरू तत्काल खाली गर्न सूचना उर्दी जारी गरेको छ । वैशाख १८ गते बिहान ७ बजे काठमाडौँका विभिन्न स्थानबाट त्यस्ता बस्ती खाली गर्ने चेतावनी दिँदै प्रशासनले भोलि १७ गते भि...



