बिहिबार, १४ साउन २०८३
नेपाली

ब्यालेस्टिक मिसाइल प्रक्षेपणपछि विश्वको ध्यान फेरि उत्तर कोरियामा

Main News Image

काठमाण्डौँ । उत्तर कोरियाले आइतबार समुद्रतर्फ लक्षित गर्दै छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा पुनः तनाव चुलिएको छ । संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले केही दिनअघि मात्र प्योङयाङले आणविक हतियार विकासमा ‘धेरै गम्भीर’ प्रगति गरेको चेतावनी दिएको पृष्ठभूमिमा भएको यस प्रक्षेपणलाई क्षेत्रीय सुरक्षा दृष्टिले गम्भीर रूपमा हेरिएको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाको सिन्पो क्षेत्रबाट प्रहार गरिएका ती मिसाइलहरू करिब १४० किलोमिटर उडेर देशको पूर्वी समुद्री क्षेत्रमा खसेका थिए । यस घटनापछि दक्षिण कोरियाले कुनै पनि सम्भावित उक्साहटको जवाफ दिन पूर्ण तयारीमा रहेको जनाउँदै संयुक्त राज्य अमेरिका र जापानसँग सूचनाको आदानप्रदान तीव्र बनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

जहाजमा ड्रोन प्रहारपछि अमेरिकाले इरानमाथि गर्‍यो नयाँ हमला

काठमाडौँ । होर्मुज स्ट्रेटमा पनामाको झण्डा अंकित एक व्यापारिक जहाजमाथि शनिबार ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानमाथि नयाँ हवाई हमला गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले इरानभित्र रहेका विभिन्न ठेगानाहरूलाई निशाना बनाएर आक्रमण गरिएको पुष्टि गरेको छ ।...

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा होर्मुज जलडमरूमध्य पुनः पूर्णरूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गर्नुभएको भए पनि अन्तिम निर्णय अझै गर्नुभएको छैन । ह्वाइट हाउसमा राष्ट्रि...

महासागरको तापक्रममा उच्च वृद्धि,जलवायु परिवर्तनका नयाँ रेकर्डहरू कायम

काठमाडौँ । युरोपेली सङ्घको जलवायु निगरानी निकायले मार्च महिनामा महासागरको तापक्रम झन्डै रेकर्ड स्तरमा पुगेको जनाएको छ । यसले पृथ्वीको समग्र तापक्रममा थप वृद्धि ल्याई अत्यधिक गर्मी र चरम मौसमी अवस्था निम्त्याउन सक्ने सङ्केत गरेको छ ।

प्रतिवेद...

अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि बढाए भन्सार दर

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापारिक साझेदारहरूमाथि भन्सार दर पुनः बढाउने घोषणा गरेका छन् । ट्रम्पले गत वर्षको अप्रिलमा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धीहरूलाई लगाएको थप भन्सार दर अमेरिकी सर्वोच्च...

इरानमा स्थल सेना परिचालनका लागि अमेरिकी पेन्टागनको व्यापक सैन्य तयारी

काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानमा सम्भावित स्थल सेना परिचालनका लागि व्यापक रणनीतिहरू तयार पारेको छ । विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाए अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलबीचको जारी द्व...

बंगलादेशमा हिन्दू नेतालाई चुनाव लड्न रोक

ढाका । बंगलादेशमा एक हिन्दू नेतालाई चुनाव लड्नबाट रोक लगाइएको छ । बंगलादेशमा फेब्रुअरी १२ मा चुनाव हुने तालिका छ । गोविन्द चन्द्र प्रमाणिकले गोपालगञ्ज(३ निर्वाचन क्षेत्रबाट संसदीय चुनावको लागि आफ्नो उम्मेदवारी दर्ता गरेका थिए, तर निर्वाचन अधिकारील...