चन्द्रमाको परिक्रमा गरेर ४ अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फर्कियो
काठमाडौँ । चन्द्रमाको परिक्रमा पूरा गर्दै करिब १० दिन अन्तरिक्षमा बिताएपछि आर्टेमिस–२ मिसनका चार अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन्। शुक्रबार उनीहरू सवार ओरायन क्याप्सुल प्रशान्त महासागरमा सफलतापूर्वक अवतरण भएको हो । आधा शताब्दीभन्दा बढी समयपछि मानिसलाई चन्द्रमाको नजिक पुर्याएर सुरक्षित रूपमा पृथ्वीमा फर्काइएको यो पहिलो ऐतिहासिक मिसन हो ।
अप्रिल १ मा फ्लोरिडाको केप क्यानाभेरलबाट स्पेस लन्च सिस्टम एसएलएस रकेटमार्फत प्रक्षेपण गरिएको यो मिसनले कुल ११ लाख १७ हजार ५१५ किलोमिटर दूरी तय गरेको थियो । मिसनमा अमेरिकी अन्तरिक्ष यात्री रिड वाइसम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानेडियन अन्तरिक्ष यात्री जेरेमी ह्यान्सन सहभागी थिए ।
यस यात्राले थुप्रै कीर्तिमान कायम गरेको छ । ग्लोभर चन्द्रमाको नजिक पुग्ने पहिलो अश्वेत, कोच पहिलो महिला र ह्यान्सन पहिलो गैरअमेरिकी नागरिक बनेका छन् । टोली पृथ्वीबाट ४ लाख ६ हजार ७७१ किलोमिटरभन्दा टाढा पुग्दै सन् १९७० को एपोलो–१३ मिसनको दूरी कीर्तिमानलाई समेत पार गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सुदूरपश्चिम र कर्णालीमा भारी वर्षाको सम्भावना, देशभर मौसम बदली
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज मुलुकभर साधारणतया मौसम बदली रहनेछ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका हिमाली त...
बढ्यो तापक्रम, काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम १६ डिग्रीभन्दा माथि
काठमाडौँ । उपत्यकाको तापक्रम दिनदिनै बढिरहेको छ । यस क्रममा आज काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम १६ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम...
देशभर मनसुनी वायुको प्रभाव : आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ ।
अहिले देशका हिम...
तीन दिनसम्म पानी पर्ने भन्दै दाउन्नेमा राति मालवाहक सवारी सञ्चालनमा रोक
त्रिवेणी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा तीन दिनसम्म राति ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ ।मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार चैत ८ गतेसम्म वर्षाको सम्भावना रहेको उद्धृत गर्दै नारायणगढ–बुटवल सडक योजनाले आज...
एका बिहानै हल्लियो ताप्लेजुङ, ४ म्याग्निच्युडको भूकम्पको धक्का महसुश !
काठमाडौँ । ताप्लेजुङको कञ्चनजंघा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प गएको स्थान नेपाल(भारत सीमा क्षेत्र नजिकै रहे...
विमानस्थलका अध्यागमन कर्मचारीलाई ढाका टोपी अनिवार्य
काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूलाई अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन् । शुक्रबार अध्यागमन कार्यालयको निरीक्षण तथा अनुगमनका क्रममा पुगेका गृहमन्त्री गुरूङले क...



