बालेनको राजीनामापछि एक वर्षका लागि काठमाडौंका मेयर रविका दाजु हरिशरण लामिछाने !
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच सात बुँदे सहमति भएसँगै अब काठमाडौं महानगरपालिकाको मेयर पद रिक्त हुने देखिएको छ । सहमति अनुसार बालेन प्रधानमन्त्री बन्नका लागि प्रतिनिधि सभाको निर्वाचनमा सांसद पदका लागि उम्मेदवार बन्नेछन् ।
संविधान र कानुनी व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचित जनप्रतिनिधि आफ्नो पदबाट राजीनामा नदिइ अर्को निर्वाचनमा उम्मेदवार हुन पाइँदैन । कानुनअनुसार स्थानीय तहको कुनै पनि निर्वाचित जनप्रतिनिधि अर्को निर्वाचनमा उम्मेदवार हुन चाहेमा मनोनयन गर्ने दिन नै पदमुक्त भइसकेको हुनुपर्छ ।
बालेनले राजीनामा दिएसँगै काठमाडौं महानगरको प्रमुख पद रिक्त हुनेछ । संविधानअनुसार महानगर, उपमहानगर वा नगर कार्यपालिकाको प्रमुख वा उपप्रमुख पद रिक्त भएको अवस्थामा उक्त पदको कार्यकाल एक वर्ष वा सोभन्दा बढी बाँकी भएमा सो पदको पूर्ति उपनिर्वाचनबाट हुन्छ ।
सरकारले प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गतेका लागि तोकेको छ । जसको अर्थ बालेनले त्योभन्दा पहिल्यै अर्थात सो निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्नुभन्दा अगावै काठमाडौंको मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ । काठमाडौंको मेयरको निर्वाचन २०७९ बैशाखको अन्तिममा भएकोले आगामी बैशाखभित्र यो पद रिक्त भएमा कम्तीमा एक वर्ष कार्यकाल बाँकी हुने भएकोले उपनिर्वाचन गर्नुपर्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले स्थानिय सरकारहरुलाई विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम तलव दिन आग्रह गरेका छन् । मंगलबार फेसबुकमा स्टेटस राख्दै उनले शिक्षामन्त्रालयल...
मध्यपश्चिम विश्वविद्यालय विद्यार्थी संगठन खारेज !
मिडियाबाजी डटकम,काठमाडौँ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेसँगै त्यसको प्रभाव देखिन थालेको छ। उक्त निर्णयप्रति समर्थन जनाउँदै मध्यपश्चिम विश्वविद्यालयमा क्रियाशील राष्ट्रिय प्...
होल्डिङ सेन्टर खाली गराउने सरकारको तयारीबारे विपक्षी दलहरूको विरोध
काठमाण्डौँ । सुकुम्बासी राखिएको होल्डिङ सेन्टर खाली गर्ने सरकारको तयारीमाथि राष्ट्रिय सभामा सांसदहरूले विरोध जनाएका छन् । विपक्षी दलहरू नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका सांसदहरुले स्थायी व्यवस्था नगरी होल्डिङ सेन्टर खाली गर्न नहुने भन्दै स...
देशलाई इमानदार नेतृत्व खाँचो हो, लोकप्रिय नारा होइन : बालेन शाह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशलाई इमानदार नेतृत्व खाँचो रहेको छ लोकप्रिय नाराले देश नबन्ने बताउनु भएको छ । हामीलाई अव देशको विकास गर्नु छ भने, भाषण र कागजी नाराले लोकप्रिय बन...
काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’ संकेत
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत मतगणना जारी रहँदा काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवारहरूले अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामले काठमाडौंमा रास्वपाको पक्षमा उल्लेखनीय लहर देखिएको छ ।...
जाँचबुझ आयोगको समयावधि थप, तथ्याङ्क सङ्कलनको आदेश स्वीकृत
काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि थप गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित उक...



