१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको संख्या १८ जोडी
म्याग्दी । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो । मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको अवस्था अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा आएको छ । अध्ययन टोलीमा सहभागी अनुसन्धानकर्ता विराट रजकले सन् २००९ मा छ जोडी चिरकालिज रहेको उक्त सात ठाउँमा यसपालि १८ जोडी भेटिएका जानकारी दिए ।
‘सन् २००४ मा १७ र २००६ मा ११ जोडी कालिज भेटिएका थिए’, उनले भने, ‘सन् २००९ पछि अध्ययन भएको थिएन । सोह्र वर्षपछि यसपालि भएको अध्ययनका क्रममा कालीगण्डकीको माथिल्लो क्षेत्रमा चिरकालिजको सङ्ख्या बढेको पाइएको छ ।’
समुदायमा संरक्षण शिक्षा, चेतनाको विकास, चोरी सिकारी नियन्त्रण, बासस्थान वरपर मानवीय र घरपालुवा जनावरको गतिविधि बढ्दा चिरकालिजको सङ्ख्या वृद्धिमा सहयोग पुगेको अनुसन्धानकर्ता रजकले बताए । खरबारी, पाखोबारीमा मानिसले घाँस काट्ने, पशुचौपायाको चरन क्षेत्र हुँदा झाडी हटेर आहारा खोज्न सजिलो हुने भएकाले चिरकालिजको बसोबासका लागि अनुकूल वातावरण बनेको उनको भनाइ छ ।
चिरकालिजले फुल कोरल्नेबाहेकका समयमा डढेलो लाग्दा झाडी नष्ट हुने र प्रशस्त आहारा पाउँदा उसका लागि अनुकूल मानिन्छ । चैत, वैशाख र जेठ चिरकालिजले फुल पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो ।
समुद्री सतहबाट एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता रहने अनुसन्धानकर्ता केशव चोखालले जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
मंसिर २० देखि हेटौँडाको राजमार्ग आसपासका घर भत्काउने तयारी, २० वटा हेभि उपकरण तयारी अवस्थामा
काठमाडौँ । भोलि मंसिर २० गतेदेखि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजार क्षेत्रका घरहरू भत्काइने भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभु...
अस्ट्रेलियामा अनियन्त्रित कार घर भत्काउँदै भित्र पस्यो, सुतिरहेकी नेपालीको मृत्यु
काठमाडौँ । अस्ट्रेलियामा अनियन्त्रित कार घरभित्र पस्दा घरमा सुतिरहेको नेपाली महिलाको ज्यान गएको छ । शुक्रबार राति छोरीको घरमा सुतिरहेकी विष्णुकुमारी गुरुङको दुर्घटनामा मृत्यु भएको हो । परिवारका अनुसार उनी ३ दिन अघि मात्र नेपालबाट अस्ट्रेलिया पुगेक...
स्वदेश आइपुग्यो विपिनको शव : प्रधानमन्त्री पुगिन् विमानस्थल
काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव स्वदेश ल्याइएको छ । उनको शव सोमबार केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रध...
कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी झिलझिलेका इन्स्पेक्टर सुभाष केसी
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय झिलझिले, झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष केसीलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ । केसी नेतृत्वको टोलीले कार्तिक ९ गते झापा...
बकैयामा ट्याक्टर दुर्घटना : दुई मजदुरको मृत्यु, १९ जना घाइते
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–७ अन्तर्गत पर्ने फास्टट्र्याकमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई मजदुरको ज्यान गएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन् । लु ५ त १७४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भ...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार आज दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा म...



