निर्वाचन आयोगद्वारा उम्मेदवारलाई ताकेता : बैंक खाता खोल्न ढिला नगर्नू
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा उम्मेदवारहरूलाई बैंक खाता खोल्ने काममा ढिलाइ नगर्न ताकेता दिएको छ । आयोगले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सबै उम्मेदवारलाई आफ्ना निर्वाचन खर्च पारदर्शी गर्न यही खाताबाट खर्च गर्नुपर्ने भएकाले बाँकी रहेका उम्मेदवारले तुरुन्त खाता खोल्न सचेत हुनुपर्ने जानकारी दिएको छ ।
निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले सार्वजनिक बिदाका कारण केही उम्मेदवारलाई खाता खोल्न असहज भएको देखिए पनि अब ढिलाइ नगर्न चेतावनी दिएको बताइन् । उनले भने कि बैङ्कहरूले पनि उम्मेदवारलाई खाता खोल्न सहज बनाउने गरी सहजीकरण गर्नुपर्ने आयोगको निर्देशन छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यस्तै, य...
वीरगञ्ज नाकाबाट चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज । चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास एलपिजी, एभिएसन टर्बाइन फ्युल एटिएफ र मट्टितेल आयातब...
सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५६...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता,आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी...
सार्वजनिक यातायातको भाडा बढ्यो
काठमाडौँ । सार्वजनिक यातायातको भाडा बढेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले भाडा बढाएको हो । पछिल्लो समय कच्चा तेलको मूल्य अत्याधिक वृद्धि भएपछि नेपालमा पनि इन्धनको मूल्य अकाशिए...
सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’
काठमाण्डौँ । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ । सभाखोलाको पानीलाई प्रयोग गरी निर्माणाधीन २१ दशमलव पाँच मेगावाट क्षमताको सभाखोला आयोजनाको मुख्य सुरुङ सोमबार छिचोलिएको हो ।
यहाँ...



