निर्वाचनमा भ्रामक विज्ञापन र डीपफेक प्रयोग नगर्न विज्ञापन बोर्डको आग्रह
काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदका लागि यही फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूको साझा दायित्व रहेको विज्ञापन बोर्डले जनाएको छ ।
बोर्डले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनका क्रममा सामाजिक सञ्जाललगायत विभिन्न माध्यम प्रयोग गरी कुनै दल, उम्मेदवार वा नेता–कार्यकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा होच्याउने, भ्रम सिर्जना गर्ने गतिविधि बढ्दै गएको गुनासो प्राप्त भएको उल्लेख गरेको छ।
निर्वाचन आयोग र विज्ञापन बोर्डबीच निर्वाचन अवधिमा हुने विज्ञापनको अनुगमन, नियमन, छानबिन तथा कारबाही गर्ने सहमति भइसकेको जनाउँदै बोर्डले निर्वाचनसम्बन्धी विज्ञापनको सूक्ष्म निगरानी गरिरहेको स्पष्ट पारेको छ । मतदातालाई भ्रममा पार्ने, होच्याउने तथा भ्रामक श्रव्य र श्रव्यदृश्य सामग्री प्रयोग गर्ने कार्यप्रति कडा निगरानी भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
एक्सप्रेस
सम्बन्धित खबर
देउवा–खड्का पक्षको शक्ति प्रदर्शन तयारी, राष्ट्रिय सभा निर्वाचनपछि कांग्रेसको राष्ट्रिय भेला
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष फेरि सतहमा देखिने भएको छ । पार्टीका पूर्व सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह खड्का निकट समूहले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएलगत्तै राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ ।
महाधिवेशन प्रतिनिधि छनौटको विषयमा एमाले नेताबीच कुटाकुट
- सुनसरी । नेकपा एमाले सुनसरी क्षेत्र नम्बर–१ मा महाधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर नेताहरूबीच कुटाकुट भएको छ । पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव तथा एमाले सुनसरीका जिल्ला कमिटी सदस्य अनिल राजधाम...
रास्वपाका कार्यकर्ताले राजा वीरेन्द्रको शालिकमाथि टेकेकोमा राप्रपाको आपत्ति
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दाङ जिल्लाको तुलसीपुरस्थित वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको शालिकमाथि उभिएको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । रास्वपाका अध्यक्ष रलि लामिछाने दाङ गएको बेलामा रास्वपा...
प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्...
उज्यालो नेपालको प्रतिबद्धतापत्रमा केके छन् ?
उज्यालो नेपाल पार्टी उनेपा ले सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड दिँदै चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आईतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनेपाका अध्यक्ष कुलमान घिसिङले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उनेपाले चुनावी घ...
एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने
काठमाडौँ । नेकपा एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । आज स्थगित भएको बैठक आगामी सोमबार गुण्डुमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा...



