बिहिबार, ३२ असार २०८३
नेपाली

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

Main News Image

काठमाडौँ । एसियाली विकास बैंक एडिबीले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि दर दुई दशमलव सात प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीद्वारा प्रकाशित ‘एसियन डेभलपमेन्ट आउटलुक अप्रिल २०२६’ अनुसार यो दर अघिल्लो आर्थिक वर्षमा चार दशमलव छ प्रतिशत रहेकामा यस वर्ष न्यून देखिएको हो ।

एडिबीका नेपालका देशीय निर्देशक आर्नो कोस्वाका अनुसार राजनीतिक अनिश्चितता, गत भदौको जेनजी आन्दोलन तथा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण आर्थिक वृद्धि सुस्त हुने देखिएको हो । राजनीतिक स्थायित्व कायम भएमा सुधारका कार्यक्रम अगाडि बढ्न र आर्थिक विश्वास बढ्न सहयोग पुग्ने उल्लेख गर्दै कोस्वाले मध्यपूर्व द्वन्द्वका कारण तेलको मूल्य, पर्यटन तथा विप्रेषणमा पर्ने असरले जोखिम कायम रहेको बताए ।

प्रतिवेदनमा आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर पाँच प्रतिशत पुग्ने अनुमान गरिएको छ । हाल देखिएका अवरोध क्रमशः कम हुँदै जाँदा आन्तरिक मागमा सुधार, जलविद्युत् निर्यातमा वृद्धि तथा पर्यटन क्षेत्रको पुनरुत्थानले अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा गरिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

निर्वाचन आयोगले पायो ६ अर्ब ७३ करोड रूपैयाँ

काठमाडौँ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत बजेटलाई परिमार्जन गरेर वृद्धि गरेको छ । आयोगले निर्वाचनका लागि ७ अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको थियो, तर अर्थ मन्त्रालयले यसमा लगभग ४० प्रतिशत कटौती गर्दै ४ अर्ब ९६ करोड मात्र स...

शनिबारको विनिमयदर, यस्तो छ डलर र खाडी मुलुकको मुद्राको भाउ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो एकक...

दिनदिनै बन्दै सुनको मूल्यमा नयाँ रेकर्ड, बिहिबार प्रतितोला कति ?

मिडियाबाजी डटकम काठमाडौँ, असोज ३०।  नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन तोलामा २ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बनेको हो ।

नेपाल सु...

सेयर बजारमा भारी गिरावट, ९ अर्बमा झर्यो कारोबार

काठमाडौँ । बिहीबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसुचक ३३.८३ अंकले घटेर २,८३३.०३ विन्दुमा बन्द भएको छ, जुन १.१८ प्रतिशतको कमी हो । आज कुल २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ३१ करोड २८ लाख ६१ हजार रुपैयाँ...

काठमाडौं हिँडेका मिटरब्याजपीडित निजगढमै रोकिए, सहमति जुटाउने प्रयास जारी

बारा । मिटरब्याजविरुद्ध किसान, मजदुर आन्दोलन नेपालले जनकपुरधामको तिरहुतिया गाछीबाट सुरु गरेको तेस्रो चरणको पैदल मार्च आज आठौं दिनमा प्रवेश गरेको छ। काठमाडौंका लागि हिँडेका आन्दोलनकारीहरू यात्राको पाँचौँ दिन बाराको निजगढ आइपुगेपछि भने अगाडि बढेका छ...

सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरको सूचना

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाले बहालमा लिएका घर तथा कोठा खाली गर्न सम्बन्धित पक्षलाई ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ । काठमाडौं महानगरपालिका, कानून तथा मानव अधिकार विभागअन्तर्गत न्यायिक समितिबाट घररकोठा खाली गर्ने भनी भएका...