३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने
काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ । गएको महिना चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । यस अवधिमा भएका कामको समीक्षा र आगामी कार्यक्रम कार्यान्वयनका लागि समन्वय गर्न आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेको थियो ।
बैठकमा नुवाकोटतर्फ यातायात सञ्चालन गर्ने कम्पनी सम्पर्कमा आएको बताउँदै धादिङ तर्फ यातायात सञ्चालन गर्ने कम्पनीले सूचनाको अवज्ञा गरेको जानकारी दिइएको थियो । यसरी महानगरको सूचनालाई अवज्ञा गर्ने कम्पनीलाई ३ दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको हो ।
बैठकमा यातायात आवागमनको सहजता र सहरी सुरक्षासँग जोडिएको प्रणालीका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग समन्वय गरेर अनुगमन नियमन कार्यका लागि संयुक्त टोली बनाएर एकीकृत काम गर्ने प्रणाली तयार गर्न निर्देशन दिइन् ।
एक्सप्रेस
सम्बन्धित खबर
विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ २२ पैसा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तय गरेको नयाँ दररेट अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम भएको छ ।
युरोपेली...
नेप्सेमा ४.२८ अंकको गिरावट, ४ अर्ब ७१ करोडको कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड माथिको सेयर कारोबार भएको छ...
भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८३ हजारले पाए शेयर
काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आज मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणक...
नेप्सेमा ८.९७ अंकको वृद्धि, ११ अर्ब १० करोड माथिको कारोबार
काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाखको सेयर कारोबार भएको छ । आज १३८ कम्पनीको स...
सरकारले जेनजी आन्दोलनका घाइतेलाई जनही १५ हजार रुपैयाँ दिने
काठमाडौँ । सरकारले जनेजी आन्दोलनका घाइतेहरुलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदी...
देशभर ५५ प्रतिशत कृषक परिवार खाद्य जोखिममा
काठमाडौँ । नेपालमा किसान परिवारको सङ्ख्या करिब ४१ लाख ३० हजार रहेकोमध्ये वर्षैभरि खान नपुग्ने कृषक परिवारको सङ्ख्या करिब ५५ प्रतिशत रहेको पाइएको छ । कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब २५ प्रतिशत योगदान गरेको भए प...



