सोमबार, ०४ जेठ २०८३
नेपाली

नेपाल एयरलाइन्सका दुई पाइलटलाई कारबाही

Main News Image

काठमाडौँ । उडान सञ्चालनसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई ग्राउन्डेड गरेको छ । क्यानले शुक्रबार निगमलाई पत्र लेखेर वाइडबडी विमानका क्याप्टेन विजय लामा र क्याप्टेन सोनी राणालाई उडान रोक्न निर्देशन दिएको हो।

प्राधिकरणका अनुसार उडानको क्रममा फोटो वा भिडियो खिच्न नहुने उड्डयन सुरक्षा मापदण्डमा स्पष्ट उल्लेख गरिएको छ । यही आधारमा दुवै पाइलटलाई ‘अर्को सूचना नआएसम्म’ रोस्टर(अफ गरिएका छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

सम्पत्ति सिर्जना र कानुनी सुधारमार्फत आर्थिक विकास तीव्र बनाउन निजी क्षेत्रको आग्रह

काठमाडौँ । नेपाल उद्योग परिसंघ सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डे ले मुलुकको आर्थिक प्रणालीमा देखिएको वर्तमान स्थिरताप्रति निजी क्षेत्र उत्साहित रहेको बताएका छन् । उनले यस्तो स्थायित्व विरलै प्राप्त हुने अवसर भएकाले यसलाई पुँजी निर्माण र उत्पादन...

माघ महिनाका लागि कुन कुन वाणिज्य बैंकहरुले घटाए ब्याजदर ?

काठमाडौँ । माघ महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले मुद्दती निक्षेपमा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन् । पुसमा औसत ब्याजदर व्यक्तिगततर्फ ४।८६ प्रतिशत र संस्थागततर्फ औसत ३।३७ प्रतिशत रहेकोमा माघ महिनाका लागि...

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५...

बक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ : प्राधिकरण

काठमाडौँ । डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत उपभोग गरेका र बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणले जतिबेला पनि लाइन काट्न सक्ने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता बापतको किस्ता तिर्न...

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

काठमाडौँ । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रका...

एभरेष्ट कलरले वैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले यही वैशाख १६ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशत अर्थात ७ करोड ९० लाख रुपैयाँ बराबरको प्र...