दुर्घटना न्यूनीकरण लक्षित ट्राफिक सप्ताह मनाइने
काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह आयोजना गरेको छ । कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी माघ ३ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ट्राफिक सप्ताह मनाइने जानकारी दिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार अभियानको सुरुआत शुक्रबार रक्तदान कार्यक्रमबाट गरिनेछ । अभियानअन्तर्गत पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्ने तरिका सिकाउने, दुईपाङ्ग्रे सवारी मोटरसाइकल र स्कुटर लक्षित सचेतना कार्यक्रम, सवारी साधनमा स्टिकर टाँस्ने, विद्यालय तथा कलेजका विद्यार्थीलाई ट्राफिक सचेतना दिने कार्यक्रम सञ्चालन गरिनेछ । अभियानअन्तर्गत ट्राफिक लाइट उद्घाटन, चालकसँग चिया कार्यक्रम, चालकको एकदिने आँखा स्वास्थ्य परीक्षणसहित स्वास्थ्य शिविर, सडक सरसफाइ, रुख छाँटकाट, सवारी साधनको यान्त्रिक तथा प्रदूषण परीक्षण पनि समावेश छन् ।
यसैगरी ट्राफिक प्रहरी कर्मचारीहरूलाई आचरण, व्यवहार तथा ड्युटीका क्रममा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिइनेछ । उपत्यकामा बढी दुर्घटना हुने स्थानहरूमा सरप्राइज संयुक्त चेकजाँच, मुख्य चोक तथा जक्सनहरूमा दुर्घटनाका कारण र त्यसबाट सिर्जित परिणामबारे माइकिङसहित सांगीतिक कार्यक्रम पनि हुने एसपी सुवेदीले बताए । ट्राफिक सप्ताहका कार्यक्रमबारे टिकटक, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार तथा सचेतनामूलक सामग्री पनि प्रकाशन गरिनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
अख्तियार प्रमुखसहित १० जनालाई धम्की दिने पाठकलाई लिन प्रहरी टोली फिलिपिन्स जाँदै
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० उच्चपदस्थ व्यक्तिलाई ज्यानको धम्की दिने प्रकाश पाठकलाई स्वदेश ल्याउन नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स जान लागेको छ ।
फिलिपिन्सले पाठकविरुद्ध निष्कासन प्रक्रिया सुरु...
जथाभावी हर्न बजाउने २०० चालक कारबाहीमा
काठमाडौँ । काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत शनिबार जथाभावी हर्न बजाउने २०० भन्दाबढी सवारीसाधनका चालकलाई कारबाह...
“सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी” सम्पन्न
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा “काठमाडौँ उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी ” २०८२ सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहर...
छ महिनामा इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट नेपाल फिर्ता ल्याइयो
काठमाडौँ । स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी संगठन इन्टरपोलसँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’...
दुर्गा प्रसाईंविरुद्धको प्रहरी अनुसन्धान पूरा
काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान पूरा गरी प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार अनुसन्धान प्रतिव...
जेनजीमाथि कुटपिट गरेको आरोपमा दुई वडाअध्यक्षपछि एमालेका अर्का नेता पक्राउ
काठमाडौँ । बाराको सिमरामा जेनजीलाई कुटेको आरोपमा प्रहरीले नेकपा एमालेका थप एक नेतालाई पक्राउ गरेको छ । प्रहरीेले एमालेका स्थानीय नेता अरबिन्द साहलाई पक्राउ गरेको हो । जेनजी कुटेको आरोपमा यसअघि नै एमालेबाट निर्वाचित जित...



