शनिबार, ०६ असार २०८३
नेपाली

शेयर बजारमा सामान्य सुधार, किन उतार चढाब हुँदैछ ?

Main News Image

काठमाडौँ । लगातार चौथो दिनको गिरावटमा ब्रेक लागेको छ । बजारमा आज सामान्य सुधार आएको हो । बजार आज झिनो अकंले बढेपनि लगानीकर्तामा उत्साहको वातावरण छैन । बजार सुस्त हुँदा लगानीकर्ताले आफ्नो लगानी ‘बालुवामा पानीझैँ’ हराइरहेको अनुभूति गर्न थालेका छन् ।

धितोपत्र बोर्ड सेबोन हाल नेतृत्वविहीन अवस्थामा रहनु पनि बजारको मनोबल घटाउने प्रमुख कारणका रूपमा हेरिएको छ । नयाँ नेतृत्वको नियुक्ति र संस्थागत सुधार प्रक्रिया ढिलाइ हुँदा नीतिगत स्पष्टताको अभाव देखिएको छ। लगानीकर्ताहरूले आगामी नेतृत्वले बजार सुधारका लागि कस्तो भूमिका खेल्छ भन्ने विषयमा ‘पर्ख र हेर’ को अवस्थामा रहँदा तत्काल सकारात्मक वातावरण बन्न नसकेको विश्लेषण गरिएको छ ।

चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरे पनि त्यसको प्रभाव शेयर बजारमा अपेक्षित रूपमा देखिएको छैन। अधिकांश संस्थाको वित्तीय अवस्था सन्तोषजनक देखिए पनि त्यसले बजारमा विश्वास पुनःस्थापित गर्न सकेको छैन। सकारात्मक सूचकांकहरू हुँदाहुँदै पनि बजारले अपेक्षित प्रतिक्रिया नदिँदा लगानीकर्तामा थप अन्योल सिर्जना भएको छ।

mediabaaji add

सम्बन्धित खबर

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ । १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । सोमबार सुनको मू...

बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ । यस्तै, युरोपिय...

बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ...

लमजुङबाट २४ करोडको अलैँची बिक्री

लमजुङ । जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी रु २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अ...

अब अनलाइनबाटै धितो बन्धकी हुने

काठमाडौँ । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयहरूमा अनलाइन धितो बन्धकी प्रणालीलाई अनिवार्य गर्ने भएको छ । सरकारको नतिजामा आधारित शासकीय प्रवन्ध र डिजिटल नेपालको लक्ष्य अनुरूप सेवालाई छिटो, सहज, र बिचौलियामुक्त बनाउन यो...

हिमाली हाईड्रो फण्डले बोलायो साधारणसभा, आईपीओ प्रस्ताव पारित गर्ने

काठमाडौँ । हिमाली हाईड्रो फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न चौथो साधारणसभा आह्वान गरेको छ । कम्पनीको उक्त सभा फागुन २४ गते काठमाडौंमा रहेको कम्पनीको रजिष्टर्ड क...