मङ्गलबार, १६ असार २०८३
नेपाली

नयाँ संसद भवनको सुरक्षा अवस्थाबारे उच्च प्रहरी अधिकृतले गरे निरीक्षण

Main News Image

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीले सिंहदरबार क्षेत्रस्थित निर्माणाधीन संघीय संसद् भवनको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा एआईजी कार्कीसँगै प्रहरीका वरिष्ठ अधिकृतहरू तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीसमेत सहभागी थिए।

टोलीले अस्थायी रूपमा तयार पारिएको बहुउद्देश्यीय हलको अवलोकन गर्दै आगामी कार्यक्रमलाई लक्षित गरी सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएको छ ।

त्यसैगरी, भवन परिसरभित्र रहेको केन्द्रीय लबी र प्रतिनिधिसभा कक्ष निर्माण भइरहेको स्थानको समेत अवलोकन गरिएको छ। निर्माण कार्यको प्रगति, सम्भावित जोखिम तथा सुरक्षा चुनौतीबारे जानकारी लिइएको जनाइएको छ । निरीक्षणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै एआईजी कार्कीले भवनको सुरक्षा व्यवस्था, यातायात व्यवस्थापन तथा समग्र निर्माण प्रगतिबारे जानकारी लिइएको बताए ।


mediabaaji add

सम्बन्धित खबर

गोरेलाई थप १० वर्ष कैद, तर सुन काण्डमा संगठित अपराध पुष्टि भएन

मोरङ । मोरङको उर्लाबारीमा सनम शाक्यको विभत्स हत्या प्रकरणमा मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरले थप १० वर्ष कैद सजाय सुनाएको छ ।  तर, बहुचर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा भने...

ललितपुरमा श्रीमतीको हत्या गरेर प्रहरीमा आत्मसमर्पण

काठमाडौँ । ललितपुरमा एक श्रीमानले आफ्नी श्रीमतीको हत्या गरेर आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् । गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद पाख्रिन यसरी आत्मसमर्पण गर्न पुगेका हुन् । उनले टिकाभैरव प्रहरी चौकीमा गएर आत्मसमर्पण गर...

गौरमा कर्फ्यु हटाइए लगत्तै वीरगञ्जमा लाग्यो अनिश्चितकालीन कर्फ्यु

काठमाडौँ । रौतहटको सदरमुकाम गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइए लगत्तै जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । गौर नगरपालिका–६ सबगढामा दुई समुदायबिच उत्पन्न विवाद सामान्य बन्दै गएपछि जिल्ला सु...

टोलेगुण्डा र दुर्व्यसनीविरुद्ध ‘स्वीप अप्रेशन’

काठमाण्डौँ । जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा ‘स्वीप अप्रेशन’ चलाएको छ । सो अप्रेशनका क्रममा अवैध गतिविधि गर्ने १२२ जनालाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा ख...

अवैध लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट छ, चितवनबाट दुई तथा सिरहा, उदयपुर, दाङ र कैलालीबाट एकएक जनालाई पक्राउ गरेको ह...

सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

रामेछाप । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले ज...