शनिबार, ०२ साउन २०८३
नेपाली

राहदानीमा उमेर हेरफेर गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Main News Image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी पासपोर्ट बनाउँदा जन्ममिति सच्याएर उमेर घटबढ गराएको अभियोगमा झापाका सरकारी कर्मचारी र राहदानी वाहकसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्ज र जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन कर्मचारीहरूले सेवाग्राहीको नागरिकतामा उल्लेखित जन्ममितिभन्दा फरक मिति राखी राहदानी जारी गराएको र सो बापत गैरकानुनी लाभ लिएको अनुसन्धानबाट खुलेको भन्दै आयोगले मंगलबार आरोपपत्र दायर गरेको हो ।

आयोगको अनुसन्धान अनुसार कर्मचारीहरूको मिलेमतोमा राहदानी वाहकहरूको उमेर १ देखि ८ वर्षसम्म घटाउने वा बढाउने कार्य भएको पाइएको छ । 
जसमा विनोद कुँवरको ५ वर्ष, गोविन्द प्रसाद ढुङ्गेलको ५ वर्ष र बलराम महतोको ८ वर्ष उमेर घटाएर तथा सिमान्त विश्वकर्माको २ वर्ष उमेर बढाएर राहदानी जारी गरिएको पाइएको छ । यस्तो कार्य ईपासपोर्ट जारी गर्दा र सन् २०१३ मा हस्तलिखित पासपोर्ट जारी गर्दा समेत भएको पाइएको छ ।

मुद्दा दायर गरिएका मुख्य प्रतिवादीहरूमा इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत चुडामणी आपगाईँ, नायब सुब्बा रविन कुमार राजवंशी, कम्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवन कुमार दाहाल रहेका छन् । यसैगरी, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृतहरू लक्ष्मी प्रसाद खरेल र केशव प्रसाद रिजाललाई पनि प्रतिवादी बनाइएको छ ।

mediabaaji add

सम्बन्धित खबर

गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । गृह मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा सचिव श्रेष्ठले महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका...

जेनजी आन्दोलनमा प्रहरीको हत्यामा संलग्न थप एक जना पक्राउ

काठमाडौँ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २१ वर्षीय सोङ गुरुङलाई काठमाडौँको धुम्बाराह...

ठुलो आवाज निकाल्ने ८ मोटरसाइकल प्रहरी नियन्त्रणमा

काठमाडौँ। अनावश्यक ठुलो आवाज निकाल्ने ८ मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।


काठमाडौँ उपत्यकाको नेपालटार डाँडागाउँ स्थित सडक खण्डमा गरिएको विशेष चेकिङको क्रममा ८ ओटा ठुलो आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गर्ने मोटरसाईकललाई...

काठमाडौँमा ट्राफिक सप्ताह २०८२ जारी : सडक प्रयोगकर्तामा सचेतना फैलाउने अभियान भब्य ढंगले सञ्चालन

काठमाण्डौँ । ट्राफिक सचेतनाको कमि र लापरवाहीले सवारी दुर्घटना नहोस् र कसैले पनि धनजनको क्षति ब्यहोर्न नपरोस् भन्ने उदेश्यका साथ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सुरु गरेको “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ता...

काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधारको संकेत : कारबाही घट्दै, अनुशासन बढ्दै

काठमाडौँ । राजधानी काठमाडौंमा ट्राफिक व्यवस्थापन सुधार गर्ने प्रयासहरू तीव्र बन्दै गएका छन् । बढ्दो सवारी चाप, साँघुरा सडक र नागरिकको कमजोर ट्राफिक अनुशासनबीच पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधि, जनचेतना र कडाइको संयोजनमार्फत के...

अख्तियार प्रमुखसहित १० जनालाई धम्की दिने पाठकलाई लिन प्रहरी टोली फिलिपिन्स जाँदै

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० उच्चपदस्थ व्यक्तिलाई ज्यानको धम्की दिने प्रकाश पाठकलाई स्वदेश ल्याउन नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स जान लागेको छ ।

फिलिपिन्सले पाठकविरुद्ध निष्कासन प्रक्रिया सुरु...