शनिबार, ०२ साउन २०८३
नेपाली

रास्वपा उम्मेदवारको गाडीको ठक्करले बालकको मृत्यु

Main News Image

काठमाडौँ । रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट बालकको मृत्यु भएको छ । बालकको उमेर ६ वर्षजति भएको अनुमान गरिएको छ । आलम रौतहट–२ बाट उम्मेदवार छन् । 

दुर्घटनापछि रास्वपा उम्मेदवार आलम र गाडी चालक फरार भएको स्थानीयले आरोप लगाएका छन् । ठक्कर दिएको भनिएको बा १५ च ४२४४ नम्बरको क्रेटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।


mediabaaji add

सम्बन्धित खबर

चुनावी अभियानमा रास्वपाका नेता बालेन शाह तेह्रथुममा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता बालेन शाह चुनावी प्रचारप्रसारका क्रममा तेह्रथुम पुगेका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाहले तेह्रथुमको म्याङ्लुङ देवीथानमा स्थानीय मतदातासँग भेटघाट गरेका हुन् ।

स्था...

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौँ । वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ । आज सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प...

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गरेका छन् ।

प्रवासीको मतदान रोक्ने दलको नाम सार्वजनिक गर्न सुमना श्रेष्ठको आग्रह

काठमाडौँ । पूर्वप्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले समय अभाव र दलीय सहमति जुटाउन नसकिने भनाइलाई बहाना बनाउँदै विदेशमा रहेका नेपालीलाई मतदान अधिकारबाट वञ्चित गर्न खोजिएको भन्दै कडा आपत्ति जनाएकी छन् । निर्वाचन आयोगका कार...

७० हजार नयाँ मतदाता थपिए

काठमाडौँ । मतदाता नामावलीमा नाम दर्ता गर्न क्रम जारी छ । हालसम्म ७० हजार नयाँ मतदाता थपिएका छन् । २ कात्तिकसम्म ७० हजार ४ सय १५ जना व्यक्ति मतदाता नामावलीमा थपिएका निर्वाचन आयोगले जनाएको छ । अध्यादेशमार्फत कानुन संशोधन...

बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै

काठमाडौँ ।  बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता गर्दै छन् । आइतबार काठमाडौंको राष्ट्रिय सभ...